अवैध काठ पक्राउ गरी वन कार्यालयलाई हस्तान्तरण, सिन्धुपाल्चोक


लोकप्रिय समचार
जिप्रका सिन्धु पाल्चोकले अबैध  काठ   सहित सबारी साधन पक्राउ गरी जिल्ला बन कार्यलयलाइ बुझाएको छ । बैशाख २४ गते जिल्ला कार्यालय तथा ईलाका प्रहरी कार्यालय जलविरेबाट ग्रामिण ईलाकाका जनतासँग भेटघाट तथा सुरक्षा सम्बन्धी अन्र्तक्रियाका लागि खटिएको गस्ती टोलीले  उक्त काठ सहित सबारीलाइ नियन्त्रणमा लिइ  बन कार्यलयलाइ बुझाएको हो । साविक पाङताङ वडा नं १ हाल जुगल गा.पा वडा नं ४ स्थित बलेफी तेम्बाथान अन्र्तगत कच्ची सडक स्थित भान्जे खोला सडक किनारमा बा ४ ख ७४७१ नं फोरविल गाडिमा चाँपको जस्तो देखिने ७५ गिन्डा ११४.२८ क्यू फिट परिमाणको मुल्य रु ५७१४०। (सन्ताउन्न हजार एक सय चालिस) बराबरको अबैध काठ वेवारिसे अवस्थामा फेला पारि मिति २०७६÷०१÷२५ गते आवश्यक कारवाहीको लागि बा ४ ख ७४७१ नं को सवारी साधन र उक्त काठ डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका पठाइएको जिप्रकाका सुचना अधिकारी  प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्ले ले बताउँनु भएको छ । यसै बिच बाह्र्बिसे नगर पालीका वडा नं ४ का  बिक्रम भनीने बिश्वराज तामाङ्गलाइ  प्रहरीले पक्राउ गरेको छ । डाँका मुद्धामा फरार रहेको तामाङ्गले  बलेफी गाँउ पालीका वडा नं ५ अरिनको राजमार्ग सडक खण्डको माथील्लो गोरेटो  बाट निरज घिमीरेको रु दश लाख रुपैया  लुटी लगेको  हुँदा डाँका मुद्धामा बैशाख २२ गते पेश गरिएकोमा २३ गते पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएकोले थुनामा राखीएको समेत काफ्लेले जानकारी दिनु भयो । 


, ,
Lokpriyasamachar@. Powered by Blogger.