कालोपट्टीमा काम गर्दै पत्रकारहरु


सिन्धुपाल्चोकका पत्रकारहरुले बुधबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । सरकारले हालै संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी ऐनमा आचारसंहिता उल्लंघन गरे २५ हजार रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख गरिएको छ । नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरेको अवस्थामा हालै पेस गरिएको सो ऐनमा उल्लेख गरिएका बुँदाहरु संविधानको मर्म विपरित भएको भन्दै त्यसलाई सच्याउन माग गर्दै पत्रकारहरु आन्दोलनमा छन् ।  आन्दोलनकै क्रममा नेपाल पत्रकार महासंघको आब्हानमा बुधबार देशभरका पत्रकारहरुले कार्यक्षेत्रमा खटेको समयमा हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आव्हानमा जिल्लामा कार्यरत पत्रकारहरुले कालो पट्टी हातमा बाँधेर काम गरेको महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले बताउँनु भयो  ।  बुधबार नै नेपाल पत्रकार महासंघले सबै प्रदेशमा र केन्द्रिय कार्यालयको आयोजनामा काठमाडौंमा कार्यक्रम गरेको छ । महासंघका महासचिव रमेश बिष्टका अनुसार महासंघले आइतबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुमा र केन्द्रमा नयाँ बानेश्वरको संसद भवनको गेटमा सञ्चार सामाग्रीसहित प्रदर्शन गरिने कार्यक्रम रहेको बताउँनु भएको छ ।


, , ,
Lokpriyasamachar@. Powered by Blogger.