बाह्रविसेको न्यायिक समिति सक्रिय हुँदै


लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको न्यायिक समितिको आयोजनामा न्यायिक समिति तथा मेलमिलापकर्ताहरुलाई समुदायमा न्यायिक पहुँच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बाह्रबिसे नगरपालिकाको वडा न ३ र ४ को संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, सामुदायिक मेलमिलापकर्ता र सरोकारवालाहरुलाई हालै जारी भएको देवानी र फौजदारीसंहिता बारे कानुनी सलहाकार गगन ज्ञवालीले, स्थानिय सरकार संञ्चालन कार्यविधि  बारे प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र पोडेलले र न्यायिक समितिको गठन, क्षेत्राधिकार र मेलमिलापकर्ताले निरुपण गर्न सक्ने विवादहरुवारे न्यायिक समिति संयोजक तथा बाह्रविसे नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिनले प्रशिक्षित गराउनु भएको थियो । संविधानको धारा २ सय १७ अन्तरगत गठित न्यायिक समितिहरूलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसा जस्ता विवादहरूलाई खासगरि मेलमिलापमार्फत निरूपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ ।
उक्त कार्यक्रम बाह्रविसे नगरपालिकाको वडा न ३ मा रहेको क्षेमादेवि माविमा आयोजना गरिएको न्यायिक समितिको कर्मचारी अम्बिका खड्काले जानकारी गराउनु भयो । सोहि दिन बाह्रविसे नगरपालिकाको स्वास्थ्य शाखाले क्षेमादेवि माविका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिका ३ सापा चउर स्थित सो विद्यालयका किशोरकिशोरीलाई लक्षित कार्यक्रम अन्र्तगत महिनावारी व्यवस्थापनका लागि छात्राहरुकालागि २०० थान सेनेटरी प्याड वितरण गरीको हो । महिनावारी भएको समयमा विद्यालय नआउने छात्राहरुलाई विद्यालय नियमित गराउन सेनेटरी प्याड वितरण गरिएको स्वास्थ्य शाखा संयोजक सुनकुमार राउतले बताउनु भयो । उक्त कार्यक्रमले किशोराअवस्थाका छात्राहरुको लागि निकै प्रभावकारी भएकाले यसको निरन्तरताका लागि नगरपालिकाले सहयोग गर्ने बाह्रविसे नगरपालिकाका उपप्रमुख सुशिला पाख्रिनले  बताउनु भयो । ‘महिनावारी जस्तो प्राकृतिक कुरालाई लुकाएर होइन अब व्यवस्थित गरेर जानुपर्ने भएको हँुदा यस अवस्थमा सरसफाई पनि महत्वपूर्ण भएकोले ख्याल गर्न सबैलाई अनुरोध समेत गर्नूृ भएको थियो । समाजमा व्याप्त अन्धविश्वासका कारणले महिला तथा किशोरीहरुलाई महिनावारीको समयमा असहज भएको किशोरी छात्राहरुको भनाई रहेको छ । तर यसरी विद्यालयमा नै प्याडको व्यवस्थाले महिनावारीकै कारणले विद्यालय आउनुबाट बञ्चित हुनु नपर्ने भन्दै उक्त दिन महिनावारीको समयमा अपनाउनुपर्ने सरसफाईका बारेमा समेत जानकारी गराइएको थियो ।

, , , , ,