कोटडाँडा बजेनी सडकमा बस संञ्चालन शुरु





लोकप्रिय समचार ,सिन्धु पाल्चोक दोल्खा रामेछाप  काभ्रे सिन्धुली जिल्ला लगायत  का ग्रामीण क्षेत्रहरुमा सेवा पुर्याइ रहेको अरनिको भिमेश्वर यातायात सेवा प्रालीले फेरी नँया थप सेवा संञ्चालन  गरेको छ । 
प्रालीले आगामी जेष्ठ १  चौतारा सागाचोकगढी नगरपालिका वडा न१३ ठुलोसिरुवारीमा थप सेवा संञ्चालन गर्न लागेको हो ।  बोजिनी तथा सातदोबाटो  कोटडाडा भोटेचौर कार्की छाप बोजिनी सडकको उद्घघाटन  भए पश्चात उक्त रुटमा सेवा दिन लागेको प्रा लीका रुट संयोजक दिनेश श्रेष्ठ ले बताउँनु भयो । 
 स्थानीय समाज सेवी मनोज गिरीको बिशेष सक्रीयतामा स्थानीयहरुको सहयोगमा  रु १३लाख पैसठ्ी हजार को लगानीमा  निर्माण भएको सडकको शनीबार एक समारोहका बिच चौतारासाँगाचोकगढी नगर पालीकाका प्रमुख अमान सिंह तामाङ्गले उद्धघाटन गर्नु भएको थियो ।
कोटडाँडा स्थित सडकको सिमानामा रिबन काटेर बसलाइ सडकमा पठाउँदै उँहाले वडा नं १३का बजेनी क्षेत्रका मानीसहरु ले यो सुबिधा पाँउदा साह्र्ैै खुशी भएको देख्दा आफु हर्षीत भएको बताउँदै नगरबासीको खुशी नै आफ्नो खुशी रहेको बताउँनु भयो । उँहाले बिकाश निर्माणमा वडा नं १३ले खेलेको भुमिकाको प्रशंशा गर्दै  समृद्ध नगर निर्माणमा ठुलो योगदान दिइरहेको बताउँनु भयो ।
उँहाले बिकाश निर्माण गर्नु संँगै  त्यसको संरक्षण र स्थाइत्वमा पनी बिशेष ध्यान दिन जरुरी रहेको बताउँनु भयो । 
बिशेष अतिथीका रुपमा बोल्दै  वडाअध्यक्ष राम प्रसाद गौतमले सडक निर्माणका लागी स्थानीय समाजसेवी मनोज गिरीले बिदेशमा रहेर पनी महत्वपुर्ण योगदान दिएर सहयोग गर्नु भएकोमा उँहा लगाएत सडक निर्माणमा सहयोग गर्नुहुने सबै वडाबासीलाइ  बिशेष धन्यबाद दिदै  आगामी दिनमा पनी निरन्तर सहयोगको लागी आग्रह गर्नु भयो । नेकपाका नेता तथा पुर्ब गाबीस अध्यक्ष इन्द्र बहादुर नेपालले  स्थानीय सडकको  बिकाश भयो भने मात्र  अरु क्षेत्रको बिकाश हुने भएकाले पनी बिकाशको स्थाइत्वका लागी वडा नं १३ ठुलो सिरुवारीले खेलेको भुमिकाको प्रशंशागर्नु भयो ।उँहाले  शिक्षा स्वास्थ्य लगाएत हरेक क्षेत्रको बिकाशका लागी यातायातको महत्वपुर्ण भुमिका हुने हँदा यसको बिकाश मा लाग्ने सबैलाइ बिषेश धन्यबाद दिनु भयो । ,उपभोक्ता समितीका अध्यक्ष चन्द्रबहादुर धिमालकोटी,ले  गाँउ गाँउमा यातायातकोृ  सेवा दिएर स्थानीय बिकाशमा सहयोग पुर्याउँने अरनिको यातायातलाइ बिशेष धन्यबाद दिदै सडक निर्माणका  लागी आर्थीक भौतीक तथा परिश्रम तथा सल्लाह सुझाब दिने सबैलाइ बिशेष धन्यबाद दिनु भयो । अभियान्ताको रुपमा रहनु भएका मनोज गिरीले सडक निर्माण गर्न सहयोग गर्ने सबैलाइ धन्यबाद दिदै  आगामी दिनमा पनी यसरी नै समाज एक भएर अगाडी बढ्न पर्ने बताउँनु भयो ।  समारोहमा  समाज सेबी  देबी  दुलाल  राष्ट््रीय खेलकुद महासंघका ३ नं प्रदेश सदस्य शुक्र राज प्याकुरेल स्थानीय सुनिल श्रेष्ठ  लगाएतले मन्तब्य राख्नु भएको थियो ।
सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष चन्द्रबहादुर धिमालकोटी को सभापतीत्वमा भएको कार्यक्रमको संञ्चालन दयालक्ष्मीे श्रेष्ठले गर्नु भएको थियो । बस सन्चालन आगामी २०७६जेष्ठ १ गतेदेखि सुरु हुनेभएको छ। 
बस काठमाडौं वाट विहान ७ः०० वजे छुट्टने र दिउँसो १ः००बजे बजिनी वाट छुट्टने भएको छ। उद्धघाटन समारोहको लोकप्रियरेडीयो प्लानेट ८९.१ मेगाहर्ज चौतारा र रेडीयो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्र्बिसेबाट प्रत्यक्ष प्रशारण गरेको थियो 


, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.