चौतारामा समावेशी शिक्षा तालिम सम्पन्न


लोकप्रिय समचार
चौतारा साँगाचोकगढी नगरपालिकाका आठवटा माध्यमिक बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र बाल कक्षाका शिक्षिकाहरुको सहभागितामा समाबेशि शिक्षा शास्त्र अवधारण र दृष्टीकोण सम्बन्धी क्षमता विकास तालिम जुगल इन चौतारामा मङ्गलबार सम्पन्न भएको छ ।

तालिममा चौतारा संगाचोकगढी नगरपालीका भित्रका ५ जना भन्दा बढी अपाङ्गता भएका बालबालीकाहरु अध्ययन गर्ने जनजागृती माध्यमिक बिद्यालय साँगाचोक, रामदेवी माबी हर्रे, सेतिदेबी माबी ठुलोसिरुवारी, इर्खु माबी इर्खु, सिद्धिगणेश माबी सानोसिरुवारी, सेतिदेबी पञ्चकन्या माबी कुबिन्डे, बनदेबी माबी चौतारा र दक्षिणकाली माबी बतासेका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु र बाल कक्षाका शिक्षिकाहरुको सहभागीता रहेको थियो ।  दुई दिन सम्म सञ्चालन भएको सो तालिममा समाबेशी शिक्षा सम्बन्धी संयूक्त राष्ट्र संघका सन्धी महाँसन्धी देखि नेपालको संबिधान र त्यस अन्तरगतका ऐन तथा  नीति नियमहरुका बारेमा अभिमुखीकरण गरिएको थियो । सो नीति नियम कार्यन्वयनमा आइपरेका अप्ठेराहरुको समिक्षा समेत गरिएको थियो । अपाङ्गता भएका वालवालिकाहरुलाई समाबेशी शिक्षाको मुल धारमा ल्याउन स्थानिय समुदाय,  बिद्यालय शिक्षक तथा परिवार र समुदायको भूमिकाहरुको समिक्षा गरिएको थियो ।  तालिमको अन्तमा सबै बिद्यालयको समुहले बिद्यालय सुधार योजनामा अपाङ्गता भएका वालवालिकाहरुलाई समाबेशी शिक्षाका लागी छुटाउनै नहुने कुराहरुको पहिचान गरी  बिद्यालय सुधार योजनामा समाबेश गर्ने कार्ययोजना समेत तयार गरीएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाई चौतारा र नगर शिक्षा शाखाको समन्वय र सहकार्यमा सो तालिम सञ्चालन भएको हो । नगर शिक्षा शाखाका उप सचिव महेन्द्रकुमार बोहोराको उपस्थितीमा जिल्ला शिक्षा तथा समन्वय इकाईका बिद्यालय निरिक्षक गणेश पुरी र चौतारा नगरका श्रोत ब्यक्ती डम्बर बहादुर श्रेष्ठको सहजिकरणमा तालिम सञ्चालन भएको कुरा सामुदायिका बिकास तथा वातावरण संरक्षण मञ्चकी सामाजिक परिचालक मिना गुरुङले बताउँनु भयो  । 
ह्ुमानिटि एण्ड इन्क्लुजनको सहयोगमा सामुदायिका बिकास तथा वातावरण संरक्षण मञ्च द्धारा चौतारा संगाचोकगढी नगरपालिकामा सञ्चालीत स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा वालवालिकाहरुको पहुँचका लागी सहजिकरण परियोजना अन्तरगत समाबेशि शिक्षा शास्त्र अवधारण र दृष्टीकोण सम्बन्धी क्षमता विकास तालिम सञ्चालन भएको हो । कार्यक्रमले समाबेशी शिक्षा, पुनस्थापना तथा जीबिकोपार्जन र समाबेशी बिपद पूर्व तयारीका गतिविधिीहरु समेट्ने छ । नगरपालिकाको काममा यो परियोजनाले सानो इँट्टा थप्ने काम गर्ने छ भन्दै परियोजना सन २०२२ डिसेम्वर सम्म सञ्चालन हुने कुरा सस्थाका कार्यक्रम संयोजक हरिप्रसाद तिमल्सिना ले जानकारी दिनु भयो  ।

, , , , ,