‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ नाराका साथ अक्षय तृतीया पर्व मनाइयो



लोक प्रिय समचार , काठमाडौं, २४ बैशाख । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभईनेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ ।


मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्डर समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा जाट–नेपालले अक्षय तृतीया पर्वलाई पर्यटनसँग जोड्ने प्रवद्र्धनात्मक कार्यको थालनी गरेको हो ।
‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ मुल नाराका साथ आयोजित कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाहले कृषि पर्यटन र प्रबिधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो । संस्कृतिलाई पर्यटनसँग जोड्दै राष्ट्रिय एकतामार्फत देशलाई समृद्धिमा लैजान यस्ता पर्वहरुको विशेष महत्व हुनेमा पूर्वमन्त्री शाहले जोड दिनुभयो । यस्तै नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दीपक महतलेदेश कति सम्पन्न छ भन्ने कुरा त्यहाँको संस्कृति कति सम्पन्न छ भन्नेमा निर्भर रहने बताउनुभयो । त्यस्तै नेपालको संस्कृतिको प्रवद्र्धनमा पर्यटन बोर्डले सहकार्यका साथ कार्य गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा समृद्धिका लागि पर्यटन अभियानका कृष्णकुमार अर्यालले सिमित काम र गोरा छाला भएकाले जे भन्यो त्यहि मात्र पर्यटन भन्ने मानसिकता बदल्दै मौलिक संस्कृतिको प्रबद्र्धनमार्फत देशको समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका निवर्तमान अध्यक्ष चन्द्र रिजालले संस्कृतिको धनी नेपालले पर्वहरुमार्फत समृद्धि हासिल गर्नसक्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले हिमालदेखि तराईलाई एकै सुत्रमा बाँध्ने अध्यक्ष तृतीयाबारे प्रकाश पार्दै यस्ता पर्वको उजागर गर्न पर्यटन पत्रकार संघले नयाँ नयाँ कार्यक्रम अगाडि सारेको बताउनुभयो ।यसअघि पनि पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले लोक संगीतलाई पर्यटनसँग जोड्दै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.