झिर्पु मा.वि ले ग¥यो वक्तित्वकला

जेष्ठ११गते
लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला भोटेकाशी गाउँपालिका वडा नं ४ स्थित झिर्पु माध्यमिक विद्यालयमा वक्तित्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । भोटेकोशी गा.पा लाई समद्ध भोटेकाशी निर्माणको लागि भोटेकोशी गा.पा ले विभिन्न कार्यक्रममा सहयोग पु¥याउँदै आएको छ । यसै सिलसिलामा झिर्पु माध्यमिक विद्यालयमा पनि समृद्धिमा हाम्रो भूमिका विषयक वक्तित्वकला कार्यक्रमको लागि सहयोग गरेको हो । झिर्पु माध्यमिक विद्यालयका शिक्षक वसन्त राज जोशीका अनुसार प्रतियोगितामा १८(अठार) जना विद्यार्थीहरुले भाग लिएका थिए । भोटेकाशी गा.पा भित्र रहेका ६ वटा माध्यमिक विद्यालयहरुका विद्यार्थीहरुको प्रतिस्पर्धा रहेको थियो । प्रतिस्पर्धामा वडा नं ५ को भिमसेन मा.वि का बिद्यार्थी ले पहिलो स्थान हाता पारेका थिए भने  दोस्रो स्थानमा वडा नं ४ को झिर्पु मा.वि र तेस्रो स्थानमा वडा नं २ को कोदारी मा.वि का बिद्यार्थीहरु  भएका थिए ।  त्यसै गरि   चौथो धनेश्वरी मा.वि + झिर्पु मा.बिद्यार्थीहरु  भएका थिए । एउटा बिद्यालयबाट ३ जना गरि ६ वटा बिद्यालयका १८जनाले भाग लिएको उक्त प्रतियोगितामा उग्रचण्डी मा.वि र मार्मिङ मा.वि भने कुनै पुरस्कार पाउन सफल भएनन् । झिर्पु मा.वि मा भएको माध्यमिक विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिताको उद्धघाटन गर्दै भोटेकाशी गा.पा का उपप्रमुख दाबुटी शेर्पाले विद्यालय स्तरका बालबालिका एवं शिक्षकले चाहेको अवस्थामा समृद्ध भोटेकोशी निर्माणको लागि कुनै समस्या नपर्ने बताउँदै भोटेकोशीको विकास भोटेकाशीको समृद्धि र पहिचानको लागि शिक्षा क्षेत्रले महत्वपुर्ण भूमिका खेल्ने हुँदा उक्त भूमिका निर्वाह गर्ने गाउँपालिकाका सबै विद्यालयहरुले चासो दिइ राखेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शैक्षिक विकासको लागि गाउँपालिकाबाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याई नहुने स्पष्ट पार्दै समय अनुकुल यसरी प्रयोगात्मक शिक्षामा अगाडि बढेको गा.पा का सबै विद्यालयहरुलाई विशेष धन्यवाद दिनुभयो । भोटेकोशी गा.पा का कार्यकारी प्रमुख मोहन प्रसाद निरौलाले भोटेकोशी गा.पा लगायतका शिक्षा क्षेत्रले ओगट्ने भूमिकाको विषयमा चर्चा गर्दै विद्यालय स्तर देखि नै अनुशासन कानुनी र व्यवहारिक शिक्षामा प्राथमिकता दिने जो कोही पनि सफलताको शिखरमा पुगेको बताउनु भयो । उहाँले हरेक विद्यालयका शिक्षकहरुलाई यसरी प्रयोगात्मक शिक्षाका साथै उपलब्धी मुलक सिकाईको व्यवस्था गरेकोमा विशेष धन्यवाद दिनुभयो  उँहाले जित्ने हार्ने भन्दा पनी प्रतियोगितामा भाग लिने सबै बराबर हुन भन्नु हुँदै अहिले पछिल्लो स्थानमा रहेको बिद्यार्थी अर्काे पटक पहिलो स्थानमा पुग्न सक्ने बताउँनु भयो ।  झिर्पु मा.वि का प्रधानाध्यापक टंक प्रसाद पन्तले आफ्नो विद्यालयमा यस्तो वक्तित्वकला कार्यक्रम गरेकोले गाउँपालिकालाई विशेष धन्यवाद दिँदै आगामि दिनमा पनि यस्ता कार्यक्रहरुलाई गाउँपालिकाबाट निरन्तरता दिन आग्रह गर्नुभयो ।


, , , , , , ,