बिभिन्न निर्णय सहित नेकपासिपाको पहीलो बैठक सम्पन्न


लोक प्रिय समचार सिन्धुपाल्चोक  नेपाल कम्युनिष्ट पार्टी स्थाई समिति सदस्य ३ नं प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टीको विधानमा व्यवस्था भए बमोजिम  सिन्धुपाल्चोक जिल्लाका मनोनित सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको छ।







गत बैशाख ९ गते पार्टी प्रदेश समिटीको बैठकको निर्णय अनुसार मनोनित हुनुभएका सिन्धुपाल्चोक  जिल्ला कमिटीका सदस्यहरुलाई प्रमुख अतिथि शाक्यले एक समरोहका बिच शहीद स्मृती भवन चौतारामा सपथ खुवाउँनु भएको हो ।
समारोहमा . हित वहादुर तामाङ, केन्द्रिय सदस्य एमम् ३ नं प्रदेश सह– इन्चार्ज क.नारायन प्रसाद दाहाल, केन्द्रिय सदस्य एवम् ३ नं प्रदेश अध्यक्ष  . आनन्द प्रसाद पोखरेल, केन्द्रिय सदस्य एवम् ३ नं प्रदेश सचिव. .कृष्ण प्रसाद सापकोटा ‘देशवन्दु’ केन्द्रिय सदस्य केशव नेपाल ‘विजय’ केन्द्रिय सदस्य  माधव सापकोटा ‘सुवोध’ केन्द्रिय सदस्य  रामप्रसाद सापकोटा ‘दिपशिका’ केन्द्रिय सदस्य एवम् युवा संघ केन्द्रिय अध्यक्ष  डम्वर अर्याल, प्रदेश सदस्य  सुभाष कार्मचार्य, प्रदेश सदस्य राजकुमार श्रेष्ठ, प्रदेश सदस्य. झम्क पराजुलि, प्रदेश सदस्यचन्द्र ब. थापा, प्रदेश सदस्य.शरेस नेपाल, सांसद एवम् पार्टी नेता सोम सापकोटा, प्रदेश सदस्य प्रेम प्रसाद सापकोटा, प्रदेश सदस्य सरल सहयात्री, प्रदेश सदस्य. भगवती नेपाल, प्रदेश सदस्य कल्पना न्यौपाने, प्रदेश सदस्य चन्द्र सापकोटा ‘रवी’ प्रदेश सदस्य केदार क्षेत्री, प्रदेश सदस्य केदार क्षेत्री, प्रदेश सदस्यलालकान्छा तामाङ, प्रदेश सदस्य अमृता नेपाल, प्रदेश सदस्य चिरञ्जीवि आचार्य, प्रदेश सदस्य लगाएत को उपस्थितीमा उक्त कार्यक्रम भएको थियो ।
समरोहको  प्रारम्भमा मुक्तिकामी आन्दोलनहरुमा अमरोत्व प्राप्त गर्ने महान शहीदहरुको सम्मान एंव संम्झनामा एक मिनेट मौनधारण सहित श्रदाञ्जली अपर्ण गरिएको थियो । सपथ ग्रहण पछी बसेको जिल्ला कमीटीको बैठकले विगत तीन वर्षदेखि भुकम्प, वाढी, पहिरो लगायतका विभिन्न प्राकृतिक विपत्तीहरुका कारणले वन्द अवस्थामा रहेको उत्तरी छिमेकी राष्ट्र चीनसंगको महत्वपूर्ण र व्यपारिक तातोपानी नाका  भन्सार बन्द अवस्थामा रहेको  थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक, जिल्लावाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु, पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष एवम् सम्माननिय प्रधानमन्त्री के.पि.शर्मा ओली लगायत विशिष्ट व्यक्ति÷व्यक्तित्वहरुको विशेष पहलकदमीमा मिति २०७६ जेष्ठ १५ गते बुधवार तातोपानीमा एक समारोह सहित औपचारिक रुपमा नाका सञ्चालनमा आउँदै छ ।
राष्ट्रकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने र सिन्धुपाल्चोकको समृद्धिको आधारशिला तातोपानी नाका सञ्चालनमा आउनु महत्वपूर्ण परिघटना हो । यस सुखद अवसरमा हामी सवैसंग खुसियाली वांढ्दै नेपाल सरकार, मित्र राष्ट्र चिन सरकार लगायत यो प्रकृयामा महत्वपूर्ण योगदान पु¥याउने संघ÷संस्थाहरु र व्यक्ति÷व्यक्तित्वहरुलाई हाम्रो यो प्रथम बैठक आभार व्यक्त गरेको निर्णय गरेको छ । बैठकले नेपालको राजधानी काठ्माडौंवाट सवैभन्दा नजिकको हिमाल जूगल श्रृंखलाको ग्याल्जेन पीक २०७५ चैत्र २६ गते श्री माया गुरुङ नेतृत्वमा सफल आरोहन भएकोले गुरुङ लगायत सम्पूर्ण आरोही टोलीलाई यो बैठक हार्दिक ज्ञापन गर्दछ । आरोहणलाई सफल पार्न सहयोग सहित आयोजकको कुशलता पूर्वक भुमिका निर्वाह गरेकाले प्रदेश सरकार प्रदेश नं. ३ र जुगल गाँउपालिका प्रति आभार व्यक्त गर्दछ । यो परिघटनाले सिन्धुपाल्चोकको पर्यटनमा विशेष विशेष योगदान पुग्ने विश्वासका साथ सिन्धु पर्यटनको विकासका लागि पार्टी सदैव सक्दो योगदान पु¥याउने प्रतिवद्धता जाहेर गर्दै सम्पूर्णमा आ– आफ्नो ठाँउवाट योगदान पु¥याउन आव्हान  बैठकले गरेको छ  ।
त्यसै गरी  पार्टी एकिकरण प्रकृया चलिरहेको छ । पार्टी केन्द्रिय सचिवालयको निर्णय अनुसार विभिन्न जनवर्गिय तथा मोर्चा संगठनहरुको एकिकरण सम्पन्न भएको  सिन्धुपाल्चोक जिल्लामा जन्मीएर पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी सहित आदिवासी जनजाती संगठन केन्द्रिय समितिको सह–संयोजकको भुमिका प्राप्त गर्नुहुने क. शेर व.तामाङ, पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी सहित युवा संघ नेपालको केन्द्रिय अध्यक्षको भुमिका प्राप्त गर्नुहुने क. रामप्रसाद सापकोटा‘दिपशिखा’ र प्रदेश सदस्यको जिम्मेवारी सहित जन सांस्कृतिक महासंघ केन्द्रिय समितिको सह–संयोजकको भुमिका प्राप्त गर्नुहुने क. सरल सहयात्री पौड्याललाई  बैठकले  हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ  । पहिलो बैठकले जिल्ला कमिटीका सदस्य कमरेड विष्णुमणी आचार्यका पिता रामनाथ आचार्य वर्ष ७० प्रेसर, सुगर र दमको रोगका कारण गम्भीर विरामी भई मेडिकेयर सेन्टर काठ्माडांैमा  सघन उपचार कक्षा (भ्यान्टीलेटरमा) राखी उपचार भइरहेको छ ।
यो बैठक उपचाररत बुवाको सिघ्र स्वस्थ्य लाभको कामना गरेको छ । त्यसै गरी बैठकले नेकपा जिल्ला मिमिटिका सदस्य कमरेड पदम श्रेष्ठ ‘आक्रोस’ को ममतामयी माता ८४ वर्षको उमेरमा  यही  जेष्ठ १२  गते असामयिक निधन भाएको मा  आमा चन्द्रमाया श्रेष्ठप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदाना व्यक्त गरेको छ । 
त्यसै गरि बैठकले बिभिन्न कार्य योजना समेत पास गरेको छ ।  जिल्ला संगठन कमिटि बैठक न्युनतम ३ महिनामा गर्ने । सम्पत्ति एकिकरण – जेष्ठ महिना भित्र  (नगद, जिन्सी) । पार्टी सदस्यता एकिकरण – जेष्ठ महिना भित्र (कार्यदल इन्चार्ज, अध्यक्ष, साचिव) पार्टी सदस्यता नविकरण –श्रवाण १५पालिका कमिटि एकिकरण –  जेष्ठ २५ गते भित्र वडा कमिटि एकिकरण – अषाढ महिना भित्र पार्टि कार्यलय सञ्चालन, व्यवस्थापन  सम्पर्क मञ्च भेला– श्रावणको पहिलो साता गर्ने ।पार्टी संघीय प्रदेश सांसद, पालिकका प्रमुख, उप– प्रमुख विच समन्वय बैठक – आषढ ७ गते ।  स्थानिय तह संसदिय दल गठन विधानको धारा ५४ अनुसार गठन – आषाढ १० भित्र  जिल्ला स्तरिय प्रशिक्षण ०७६ श्रावण ७ र ८ गते चौतारा । (पुष्पलाल स्मृति दिवसका सन्दर्भमा) जिल्ला कमिटि वैठक – ०७६ श्रावण २४ र २५ गते बस्ने  लगाएतका कार्य योजनाहरु समेत पारित गरेको छ।
पार्टी स्थाई समिति सदस्य ३ नं प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष झम्क नेपालले गर्नु भएको थियो भने सञ्चालन नेकपाका सचिब दाबा तामाङ्गले गर्नु भएको थियो । सपथ समारोहको लोकप्रिय रेडीयो प्लानेट चौतारा र रेडीयो लोकप्रिय नेत्रज्योती बाह्र्बिसेले प्रत्यक्ष प्रशारण गरेको थियो । 

, , ,
Lokpriyasamachar@. Powered by Blogger.