चौतारामा सुरु भयो साहित्य उत्सव


लोक प्रिय समचार
सिर्जनामा नयाँपन साहित्यद्वारा परिवर्तन भन्ने मुल नाराका साथ गठित साहित्यको उन्नयन र विकासका लागि शब्द सारथिको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने साहित्य उत्सव हिजो बाट सुरु भएको छ ।

 जिल्लामा साहित्यप्रति नयाँ पुस्तालाई थप र्सिजनशिल बनाउन कविता तथा गजल विधामा कार्यशाला तथा प्रशिक्षण समेत प्रदान गरिएको थियो । साहित्य उत्सवको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना, सुनकोशी गाउँपलिकाका उपप्रमुख लक्ष्मी पौडेलले यो अभियानले साहित्यलाई मजबुद बनाउन टेवा पु¥याएकोले यसको निरन्तरताको कामना गर्नु भयो । प्रंमुख अतिथिको तर्फबाट बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ्गले साहित्य समाजको ऐना भएको र साहित्यले मानिसलाई गलतमार्गमा लाग्न समेत रोक्ने र राम्रो र सकारात्मक कार्यका लागि नगरपालिका सधै तयार रहेका र सो कुराको एक शसक्त उदाहरण साहित्य उत्सव रहेको बताउनु भयो । सभाका अध्यक्ष तथा शब्द सारथीका अध्यक्ष अमित घिमिरेले संसारमा भएको हरेक नयाँ आविस्कार त्यहि साहित्य रचनाबाट भएको बताउँदै सबैलाई आफ्ना भावनालाई सिर्जना मार्फत ल्याउन आग्रह गर्नुभएको थियो ।  उक्त उत्सव अन्र्तगत आज जिल्ला स्तरीय कविता प्रतियोगिताका दश उत्कृष्ट प्रतियोगिको कविता बाचन तथा शब्द सारथी सम्मान आज हुँदै छ । 

, , , , , , , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.