राइड थ्रु सिन्धुलीगढी २०१९ को घोषणा,


लोकप्रिय समचार ,
समृद्ध ंसिन्धुली अभियानले यस यस बर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको बुधबारपत्रकार सम्मेलन गरी घोषणा गरेको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष नोभेम्बर २२ देखि २५ सम्म ४ दिन हुने  आयोकले जनाएको छ ।


यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीका श्रेष्ठ समाजलगायतका संस्था सह आयोजक रहेका छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । समृद्ध सिन्धुली अभियानले राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा घोषणा गर्न आयोजित कार्यक्रममा विश्व साइकल यात्री पुस्कर शाहले यसपालीको सिन्धुलीगढीहुँदै हुने साइकल यात्रामा आफू पनि सहभागी हुने बताउँनुभएको छ । गत बर्ष भाँडा माझ्न अष्ट्रेलिया गएकाले सहभागी हुन सकिन, उनले ठट्यौली गर्दै भने, राइड थ्रु सिन्धुलीगढीलाई निकै मिस गरेँ । यसपाली  पनी अबस्य सहभागी हुनेछु  उँहाले बताउँनु  भयो ।
कार्यक्रममा अभियन्ता सौरभ ढकालले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई पर्यटकीय दृष्टिले जोड्न हरेक बर्ष साइकल यात्रा गर्दै आएको बताउँनु भयो  । उँहाका अनुसार यस बर्ष साइकल यात्रामा २ सय जना यात्रीलाई सहभागी गराउने आयोजकले लक्ष लिएको छ । यात्र क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत हुने छ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्ने छन् । जनकपुरमा जानकाी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइने  छ ।
अभियानले गर्न लागेकोे यो चौथो साइकल यात्रा हो । अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने आफूहरुले अपेक्षा राखेको सानो सहआयोजक सानो पाइलाका कन्चन झाले बताउँनू भयो ।
आयोजक समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले अंग्रेजी फौजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्न साइकल यात्राले सघाउने बताउँनु भयो  । उहाँले यसअघि ‘राइड टु सिन्धुलीगढी’ भनेर गरिँदै आएको साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरिएकाले राइड थ्रु सिन्धुलीगढी नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई यात्रामा सहभागी गराउने योजना रहेको जानकारी दिनु भयो  । ‘सुनकोशी किनारहुँदै जाने नागबेली सडक वीपी राजमार्गहुँदै हुने साइकल यात्रामा सहभागी हुन देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ ‘हामी साइकल यात्रीलाई उनीहरुले तिरेको शुल्कभन्दा धेरै गुणा उपलब्धी दिने ग्यारेन्टी गर्छौं  भन्नु हुँदै 
काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा गरेर जनकपुरसम्म पुगिने बताउँनु भयो । यस बर्षको साइकल यात्राको संयोजन स्टोरी साइकलकी दीपिका ज्ञवालीले गनृू हुने छ । अभियानले राइड थ्रु सिन्धुलीगढीमा जान चाहने साइकल यात्रीलाई अनलाइनमा नाम दर्ता गर्न समेत आह्वान गरेको छ ।

, , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.