धर्म भनेकै अनुशासन हो ः तामाङ्ग


लोकप्रिय समचार , अनुशासनको डोरी ले मानीसलाइ असल र सफल बाटोमा हिडाउँने चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ ।



अनुशासनको डोरी भनेकै धर्म हो धर्ममा लाग्ने मानीसहरु कहील्यै असफलतामा हिडेको देखीएको छैन  । त्यसमा पनी लगन सिलता सत्यता र सफलताको शिखरमा पुर्याउँन आआफुले गरेको धर्म र कर्मको फलले महत्वपुर्ण भुमिका ओगटेको हँुदा क्रिश्चीयन धर्मले पनी त्यही बाटो अबलम्बन गरेको बताउँनु भयो ।
उँहाले सानो सिरुवारी नेपानेमा निर्मीत मानबीय दर्शन मण्डली भवन उद्धघाटन  गर्दै यस्तो बताउँनु भयो । सबै जात धर्म र संस्कृतीको आ आफ्नै महत्व हुने हुँदा  नगरपालीकाबाट हिन्दु बुद्ध क्रिश्चीयन जुनसुकै धर्म भए पनी त्यसको संरक्षणका लागी माग भइ आएमा आफु सँधै सहयोग गर्न तैयार रहेको बताउँनु भयो ।
उँहाले धर्म गर्नेहरुले तत्काल फल पाँउदैनन तर  धर्मगर्नेहरुका लागी इश्वरले राम्रा राम्रा आशन निर्माण
गरिदिनु हुने भएकाले त्यस्ता आशनमा बस्न पाँउने बताउँनु भयो । धर्म भनेको मानबिय बिधान हो जसले बिधी बिधानअनुसार काम गर्छ त्यसले कहील्यै पनी असफलताको बाटोमा हिड्न पर्देन त्यसैले धर्म भनेको मानबीय साङ्गलो रहेको छ भन्नु हँदै एउटै घरमा  कतीपय दाजु भाइ नन्द भाउजु मिलेर बसेका छैनन तर यस्ता मण्डलीमा सबै मिलेर बसेको हुन्छ यो पनी बिधी र नियम हो भन्नु भयो । 
जँहा अनुशाीत मानीस हुन्छन त्यँहा कुनै पनी मानीसहरु न प्रही कार्बहीमा पर्छन न अदालत को काम हुन्छ  जँहा मानीसहरु अनुशासित हुँदैनन त्यँहा सबैे खाले मुद्धा मामलामा समय बित्छ । यो सबै धर्मको खेल रहेको बताउँदै सबैले बिधी निती भित्र रहेर काम गर्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा बिषेश अतिथी बानेश्वर कोहिनीयरचर्चका तेजमान तामाङ्गले रहेक बस्ती बस्ती मा यस्ता मण्डली निर्माण गरेर भक्ती सन्देश दिइरहेको बताउँदै मानीस आफै परिबर्तनको बाटोमा हिड्न सक्छ तर त्यसमा स्वच्छ  भावनाको  बिकाश हुन पर्छ त्यसका लागी यस्ता मण्डलीको आबश्यक पर्ने भएकाले मण्डली निर्माण भइरहेको बताउँनु भयो ।
वडा नं ७का वडाअध्यक्ष उमा प्रसाद दुलालले  यसरी अनुशासित ढङ्गबाट नागरिकको बिकाश गर्न सकेको खण्डमा मानीसहरुमा आँफै अनुशासित बन्ने बताउँनु भयो । करिब १९लाखमा निर्माण भएको उक्त  मण्डली निर्माण गर्नका लागी १३लाख पचासहजार चन्दा सङ्कलन भएको थियो ।भने नपुग रकम र चारआना जग्गा स्थानीय समाजसेबी डम्बर बहादुर तामाङ्गले  सहयोग गर्नु भएको थियो कार्यक्रममा सस्कृती नाचका साथै प्रार्थाना  गर्दै सहयोगीहरुलाइ सम्मान गरिएको थियो । 

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.