बलेफीमा उपभोक्ता समितीका अध्यक्ष माथी हातपात


लोक प्रिय समचार ,सिन्धु  पाल्चोक जिल्ला बलेफी गाउँपालिका मा खाने पानीको बिषयलाइ लिएर  झगडा भएको छ । पछिल्लो समयमा प्रदेश सरकारले अन्तीम अबस्थामा  उपभोक्ता समिती गठन गर्न र बजेटको काम गर्न भनी पचासौ लाख रुपैयाको कारोबार गर्न लगाएकोमा अनीयमिता भयो भन्ने आबाज उठी रहँदा  यो झगडाले पनी यसको पुष्टी गरेको छ ।बलेफी गाँउपालीका अन्तर्गत सिमासिङ खानेपानी आयोजना उपभोक्त समितिका अध्यक्ष महेश कुमार नेपाललाई   ७,८ जनाको समुहले ढुङ्गा, मुग्रो प्रहार गरि सख्त घाइते बनाएको छ । घाइतेलाइ  जिल्ला अस्पताल चौतारामा उपचार गराउदै रहेको छ । प्रदेश सरकारबाट तिस लाख रुपैया बिनीयोजन भएको उक्त योजना ले वडा नं २,३,४,५,६ गरी ५वटा वडामा खानेपानीको ब्यबस्थागर्न पर्ने  संञ्चार कर्मी रामचन्द्र नेपालले बताउँनु भयो । सिमासिङ् खानेपानी उपभोक्ता समितिका अध्यक्ष माथी भएको हातपातका बिषयमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा उजुरी परेको र त्यसको छानबिन  प्रकृया शुरु भएको  र दोषी लाइ कुनै पनी हालतामा कार्बही गरिने प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउँनु भएको छ