एकल महिलालाई वडा नं १४ ले बाख्रा वितरण


लोकप्रिय समचार सिन्धुपाल्चोक डडुवाका महीलाहरलाइ  आय आर्जनका लागी बाख्रा बितरण गरिएको छ।  चौतारा साँगाचोकगढी न.पा–१४ मा महिला सञ्जालको विशेष पहल र वडा कार्यालयको सहयोगमा नगरपालिकाले एकल तथा विपन्न वर्गका महिलालाई आर्थिक टेवा पु¥याउने गरीे आयआर्जन मुलककायृक्रम को रुपमा बाख्रा वितरण गरेको हो ।

वडा कार्यलयबाट छनौट भएका महिलालाई बुधवार बाख्रा वितरण गरेको हो । बाख्रा बितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले  सुन्दर नगर बनाउने स्थानीय स्तरबाट विकास भए मात्र नगर बन्छ भन्ने उद्देश्यको साथ हामीले यो कार्यक्रम सञ्चालन गर्न सफल भएका छौं , यस वडाका नागरिकले बिगतमा  जस्तो मदिरा उत्पादन बिक्री गर्न नपाइने भएकाले मदिरा उत्पादन तथा बिक्री नगरी अन्य पेशा  जस्तै बाख्रा पालन भैसीं पालन कुखुरा पालन तरकारी खेती आदि व्यवसायबाट आफ्नो जिवनस्तर उकास्न सकिन्छ त्यसैले नगरपालकिाले पनी यस्ता कामको लागी प्राथमिकता दिएको बताउँनु भयो ।
यो बाख्राले विपन्न वर्गका महिलाहरुलाई ठुलो टेवा पुगेको बताउँनु भयो । स्थानीय राम्रो व्यवसाय गरेमा अझ ठुला–ठुला व्यवसायको थालनी गर्ने कुरा  श्रेष्ठले बताउनु भयो । बिगतका दिनमा कुनै समूह संघसंस्था महिला सञ्जाल नहुँदा यस्ता कार्यक्रमको सञ्चालन हुन सकिरहेको थिएन । बाख्रा पालन गरी त्यसको राम्रो उपलब्धी मुलक बनाएर मात्र नगरले फेरी पनि यस्ता सहयोग पु¥याउँछ भनि उहाँले बताउनु भयो । खेतीयोग्य जमिनमा खेती गर्ने समुह गठन गरी विभिन्न किसिमका विकास निर्माणका कार्य गर्ने प्रतिवद्धता जाहेर गर्ने भयो । बेरोजगार भएर बस्दा गरिबी निम्तिन्छ  त्यसैले त्यो समयलाई सदुपयोग गर्ने हो भने नमुना वडा बन्न सक्छ भनि वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउनु भयो ।
फोटो  राकेश श्रेष्ठ

, , , , ,