बढैयाताल ५ जगतीयामा स्मारक (शहिद) गेट निर्माण हुदै


अनोज थारु, बाँसगढी बर्दिया,जेठ ८ गते
लोकप्रियसमचार महिला कानुन र विकास मञ्च काठमाडौंले बुधबार  एक कार्यक्रमको आयोजनामा बढैयाताल वडा नं ५ जगतीया गाँउमा बनिरहेको शहिद गेट निर्माण उपभोक्क्ता समितिलाई ३ लाख रुपैया सहयोग गर्ने संम्झौता गरेको छ ।


बुघबार  पहिलो किस्ता बापत शहिद गेट निर्माण उपभोक्क्ता समिति अध्यक्ष मन्तुलीया थारुलाई १ लाख ५ हजार रुपैँयाको चेक महिला कानुन र विकास मञ्चका अध्यक्ष मिरा ढुङगानाले हस्तान्त्रण गर्नु भएको हो । बढैयाताल गाँउपालिकाले पनि सोही गेत निर्माणको लागि ५ लाख बजेट बिनियोजन गरेको छ ।
बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले द्धन्दपिडितहरुको दुःखमा केही सान्तोन होस भन्ने उद्देश्लयले ५ लाख मात्रै दिएको बताउनु भयो । द्धन्दपिडितहरुको आर्थिक अवस्था कम्जोर भएकोले अर्को बर्ष उहाँहरुलाई लक्ष्ति गरेर छुट्टै कार्यक्रम ल्याउने उपाध्यक्ष गौतमले बताउनु भयो ।

महिला कानुन र बिकास मंन्च बर्दियाका प्रतिनिधि तथा कानुन अधिबक्त कासीराम थारुले संचालन गरेको कार्यक्रममा बर्दिया जिल्ला द्धन्दपिडितका उपाध्यक्ष लक्ष्मि खड्का, वडा नं ५ का अध्यक्ष राम सिंह थारु लगायत अन्य बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि द्धन्दपिडितहरु संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

,