चौतारामा मोटरसाईकल चोरिमा संलग्न सहित फरार पक्राउ


सिन्धूपाल्चोक जिल्ला  प्रहरी कार्यलयले चोरीको मोटरसाइकल नम्बर परिबर्तन गर्न लाग्दा लाग्दै चोर सहित पक्राउ गर्न सफल भएको छ। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको कृष्ण मोटरसाइकल मर्मत केन्द्रमा नम्बर परिबर्तन गर्न लागी रहेको बेला चोर सहित मोटर साइकल फेला परेको हो। जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरीनायबउपरिक्षक मादव प्रसाद काफ्ले का अनुसार २०७६बैशाख २० गते सिन्धूपाल्चोक जिल्ला चौतारा साँगाचोक गढि न.पा. वडा नं. ५ बस्ने डम्बर बहादुर थापाको नाममा रहेको बा ३१ प ६१८५ नं.को मोटरसाइकल हराएको थियो . कालो रंगको १४९.०१  सि.सि. को पल्सर मोटरसाईकल हराएको ले जिप्रकामा जानकारी प्राप्त हुना साथ खोजतलासको लागि प्रहरी कार्यालयबाट सादा पोसाकका समेत प्रहरी खटाइएका थियो । उक्त प्रहरी टोलीले उक्त मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा मिति २०७६बैशाख२३ गते चौतार बजारमा रहेको  कृष्ण मोटरसाईकल वर्कशपमा मोटरसाईकलको नं. प्लेट फेर्न लागि रहेको अवस्थामा मो.सा. र मो.सा. चोरीमा संलग्न ईन्द्रावती गा.पा. वडा नं. २ बस्ने सुनिल परियार र चौ.सा.ग.न.पा. वडा नं. ७ बस्ने कमल नेपालीलाई पक्राउ गरिएको छ ।. मो.सा. सहित नियनत्रणमा लिई पक्राउ परेका  निज प्रतिवादीहरु उपर चोरी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको काफ्लेले बताउँनुभयो। उँहाका अनुसार अनुसन्धानको क्रममा मो.सा. समेत जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अनुसन्धानको कार्य सकिए पछी मोटरसाइकल घनीलाइ मोटरसाकल जिम्मा दिइने समेत काफ्लेले जानकारी दिनु भयो। यसै बिच जिल्ला प्रहरी कार्यलयलेजाली भिसा  मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।अदालतको मिति २०७५साल फगुन २६  गतेको  फैसलाले  ५ महिना १९ दिन कैद  भुक्तान गर्न बाँकी रहेका  जाली भिसा मुद्दाका फरार प्रतिवादी लाइ  पक्राउ गरिएको छ ।  जिल्ला सिन्धुपाल्चोक  साविक विरुवा  गा.वि.स. वडा नं. २  हाल पाँचपोखरी थाङपाल गा.पा. वडा नं. २ बस्ने  वर्ष ४१ को नेटुप शेर्पालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा ईलाका प्रहरी कार्यालय मेलम्चीबाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा पक्राउ गरिएको हो ।   २०७६बैशाख २५ गते  गाउँघरमा नै लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई मिति २६ गते  जिल्ला प्रहरी कार्यालय, चौतारा सिन्धुपाल्चोकमा दाखीला गरेको थियो ।  निज प्रतिबादीलाई कैद भुक्तानको लागी २७ गते सम्मानित जिल्ला अदालत, सिन्धुपाल्चोकमा पेश गरिएकोमा  सम्मानित अदालतबाट २०७६साल बैशाख २५  गते देखि गणना हुने गरी २०७६.कार्तीक१४ गते  सम्म थुनामा राख्नको लागि निज प्रतिवादिलाई जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोक चौतारामा  पठाइएको  छ । 

, , , ,