जनताको जनजीवनलाई मध्यनजर गदैै योजना बनाउँनुपर्छ पुर्व मन्त्री बोहोरा


लोकप्रिय समचार गाउँपालिकाले योजना निर्माण गर्दा जनताको जनजीवनलाई मध्यनजर गर्दै योजना बनाउन पर्ने पूर्व स्थानीय विकास मन्त्री अमृतकुमार बोहोराले   बताउनुभएको छ  । त्रिपुरासुुन्दरी गाउँपालिकाको एकीकृत विकास योजना २०७५÷७७ —२०८१÷८२ तर्जुमा गाउँपालिकाको दीर्घकालीन सोच तथा रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठी को उद्धघाटन गर्नु हुदै बोहाराले त्यस्तो बताउँनु भएको हो । उँहाले गाउँपालिकामा भएका स्रोत र साधनलाई पहिचान गरी दीर्घकालीन योजना बनाई कार्यनवयन गरेमा मात्रै गाउँपालिकाले विकासले फड्को मार्ने पनि जानकारी दिनुभयो । योजनाबद्ध रुपले विकास निर्माणको खाका कोर्नुपर्ने र बालबालिका , महिला , र पीछडीएका समुदायका ब्यक्तिहरुको समस्या पहिचान गरी उनीहरुलाई शैक्षिक , आर्थिक राजनैतिक रुपमा कसरी  अगाडी बढाउने भन्ने बिषयमा योजना बनाउनु पर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले योजना निर्माण गर्दा आर्थिक आम्दानीका स्रोतहरु प्हिचान गरी उत्पादन र रोजगारमूलक स्रोत साधनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उहाँले गाउँपालिका अध्यक्ष , ६ वटै वडाका वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुलाई आग्रह गर्नुभएको छ । गाउँपालिकाले फोहोरमैला ब्यबस्थापन गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रमका बिशेष अतिथी एव्म राष्ट्रिय खेलकुद परिषदका सदस्य बद्री अधिकारीले ग्रामीण क्षेत्रका बिद्यालयमा गुणस्तरीय शिक्षा दिन समय समयमा शिक्षकलाई तालिमको ब्यबस्था गर्नुपर्ने र योजना निर्माण गर्नुपर्ने बताउनुभयो । बिदेशपलायन भएका युबाहरुलाई गाउँपालिकामा नै रोजगार दिनेगरी योजना बनाउनुपर्ने भयो । साथै उहाँले खेलकुदले शारिरीक र मानशिक रुपमा मनिसलाई स्वस्थ राख्ने भएकोले खेलकुदलाई मध्यनजर गदैँ खेलमैदान र खेलसामग्री उपलब्ध गराउने र सोही अनुरुप योजना निर्माण गर्नुपर्ने जानकारी दिनुभयो । पूर्व जि वि स सदस्य मेघनाथ पौडेलले ५ बर्षको कार्यकालमा गाउँपालिकाले भौतिक , आर्थिक र शैक्षिक क्षेत्रमा गाउँपालिकालाई नमूनाका रुपमा विकास गर्नको लागी महत्वपूर्ण योजना छनोट गरी काम गर्नुपर्ने बताउनुभयो । प्राकृतिक स्रोत र साधनलाई उपयोग गरी आर्थिक आम्दानीमा वृद्धि गरी आर्थिक लाभ लिन सकिने जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु ल्गायतको उपस्थिीती रहेको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा ३ दिन सम्म चल्ने उक्त कार्यक्रमहिजोबाट शुरु भएको हो कार्यक्रम भोलि सम्पन्न हुनेछ ।


, , , ,