बाँसगढीका युवाहरु सिपमुलक तालिममा ब्यस्त



अनोज थारु,बाँसगढी बर्दिया बैशाख २७ गते

बर्दियाको बाँसगढी नगरपालिकाका युवाहरु यतिबेला सिपमुलक तालिम लिन ब्यस्ता छन् । बाँसगढी नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरेर सिपमुलक तालिम दिन लागिएको हो । अहिले बाँसगढी नगरपालिका वडा नं ४ लक्ष्मणपुरमा डकर्मी तालिम संचालन भैरहेको छ ।

बाँसगढी नगरपालिका वडा नं ९ माछागढका कर्ण बहादुर थारुले कामको खोजीमा धेरै ठाँउमा भौटारीदै लेवरी काम गर्नु भयो । तर वेलर काम गर्दा मिस्त्री भन्दा थोरै पैसा पाउने तर मिस्त्री भन्दा शारिरीक रुपमा धेरै काम गर्नु पर्ने भएकोले अहिले एफ स्किल प्रा.लि को सहयोगमा ३ महिने निशुल्क रुपमा तालिम लिदै गरेको बताउनु भयो । धेरै ले सिपमुलक तालिम प्रमाण पत्र लिनको लागि सिक्ने गर्दछन् तर बाँसगढी नगरपालिका ६ का छेत्र बहादुर चौधरीले यो तालिम लिएर आफ्नै गाँउ ठाँउमा काम गर्ने र अन्यलाई पनि सिकाउने लक्ष्य रहेको बताउनु भयो ।
त्यसैगरी मानिसमा काम गर्ने क्षमता भए पनि प्रमाण नभए पछि कुनै सिप लाग्दैन त्यसकारण डकर्मी तालिम लिएर बौद्धिक र कागजी प्रक्रियामा दक्ष हुन खोजेको वडा नं ६ सतहरीयाका राजकुमार चौधरीले बताउनु भयो । बैशाख १३ देखि संचालन भएको डकर्मी तालिममा ५० जना युवाहरु सहभागि भएर तालिम लिइरहेका छन् । तालिमको शुरुवातको अवस्था र अव १३ दिन पछिको अवस्थामा प्रशिक्षार्थीहरुमा धेरे फरक परेको सव इन्जिनियर जिवन बहादुर रोकायले बताउनु भयो । पहिले उनीहरुले गर्ने तौर तरीका र यहाँ आएपछि भाषा र काममा धेरै फरक परेको उहाँले बताउनु भयो ।
साथै उहाँहरुले मूल्याङकन गर्दा राम्रो अंक ल्याउन सक्नु भयो भने काम गर्ने अवसरको समेत ब्यवस्था गर्ने सव इन्जिनियर रोकायले बताउनु भयो । हाल बाँसगढी नगरपालिकामा डकर्मी,हाजीयारी र अल्मुनियम तालिम संचालन भैरहेको ५ नम्बर वडा का अध्यक्ष नरेन्द्र गिरीले बताउनु भयो । त्यसैगरीे महिलाहरुलाई ३ महिने बाँसको मुडा बनाउने, ब्युटिपार्लस र सिलाई कटाई तालिम सम्पन्न भैसकेको वडा अध्यक्ष गिरीले बताउनु भयो ।


, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.