लोकप्रिय समचार,माइक्रोफाइनान्स ले “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ४० जना ग्राहक सदस्यहरुलाइ उक्त तालीम दिएको हो । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा “वित्तीय साक्षरता तालिम”गत शुक्रबार सम्पन्न गरेको संस्थाका कार्यक्रम ताथ योजना विभागका प्रमुख सन्तोष थापाले जानकारी दिनु भएको छ ।उहाका अनुसार तालिमका प्रशिक्षकहरु विश्व राज श्रेष्ठ, युवराज पौडेल शर्मा, सन्तोष थापा, दिल बहादुर थापा मगर रहनु भएको थियो संस्थाले विगत चार वर्षदेखि देशको पूर्वका पहाडि जिल्लाहरुलाई आफ्नो कार्य क्षेत्रका ग्रामीण विपन्न परिवारहरुलाई लक्षित गरी लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका बनेपा शाखाका प्रमुख दिल बहादुर थापा मगरले प्रकाश पार्ने भएको थियो । संस्थाले आफ्नो १५ जिल्लाहरुका २० वटै शाखा कार्यालय अन्तर्गत ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने लक्ष्य रहेको कार्यक्रम ताथ योजना विभागका प्रमुख सन्तोष थापाले जानकारी गराउँनु भयो । वित्तीय संस्थाले तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्कि, तनहूँ, धादिङ्ग र गोरखा गरी १५ वटा जिल्लाहरुमा २० वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।
तालिमको अन्तिममा सहभागी केन्द्र प्रमुख कल्पना हुमागाँईले तालिमको मूल्याकंन सहित मन्तब्य राख्नु भएको थियो । वित्तीय साक्षरता तालिमबाट ज्ञानमूलक, ब्यवहारमूलक, शिक्षामूलक कुराहरु सिक्न पाएकोमा सहभागीहरुले खुसी ब्यक्त गरेका थिए । तालिममा सम्पूर्ण सहभागीहरु सक्रिय रुपमा भाग लिएका थिए । तालिमको संचालन बनेपा शाखाका शाखा प्रमुख दिल बहादुर थापा मगरले गर्नु भउको थियो । तालिमबाट वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य, लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, पारिवारिक बजेट, लघु ब्यवसाय, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु, बिना धितो तथा धितो कर्जा, बचत तथा रकमान्तर सेवा, पब्लिक डिपोजिट आदि बारेमा जानकारी हासिल गरेको आदि बारेमा सहभागीहरुले जानकारी हासिल गरेको शाखाका प्रमुख दिल बहादुर थापा मगरले बताउानु भएको थियो ।