जनप्रतिनिधी र संञ्चार क्षेत्र स्वतन्त्र रहन पर्ने ःशेर्पा


लोकप्रियसमचार सिन्धुपाल्चोक
जनप्रतिनीधी र संञ्चार गृह हरु सधै स्वतन्त्र रहनु पर्ने बारबिसे नगर पालीकाका  नगरप्रमुख निमफुञ्जे शेर्पााले बताउँनु भएको छ ।

उँहाले स्थानीय पालीकाका प्रमुख हरु लगायत स्थानीय जनप्रतिनीधीहरुको पहिलो दाइत्व भनेको  स्थानीय  जनता हरुको समस्या समाधान र  जनताको काम गर्नु  रहेको बारबिसे नगरप्रमुख निमफुञ्जे शेर्पााले बताउँनु भएको छ ।
शेर्पाले रेडीयो लोकप्रिय नेत्रज्योती १०६.६ बारबिसेको बार्षीक उत्सबको उद्धघाटन गर्नु हुँदै उक्त कुरा बताउँनु भएको हो सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगर पालीकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख शेर्पाले निर्बाचनमा सहयोग गरेका नगरेका सबै पालीकाका जनता जनता  भएकाले बिकाश निर्माणमा पक्षपात गर्न नहुने बताउँदै आफुले सबैलाइ समान ब्यबहार गरेको बताउँनु भयो उँहाले जनप्रतिनीधी हरुलाइ जनताले निश्चीत समयका लागी मात्र जिम्मेवारी दिएका हुन अबका २बर्ष पछी सबै एकै हुन्छन राम्रा र निश्पक्ष काम गर्नेले फेरी जनप्रतिनीधि हुन पाँउछ नराम्राले नपाउँन पनी सक्छन त्यसैले सबैलाइ समान ब्यबहार गरेर  काम गर्न सबैलाइ आग्रह गर्नु हुँदै संञ्चार क्षेत्रले स्थानीय जनप्रतिनीधीहरुले गरेका राम्राकामको राम्रा र नराम्रा कामको नराम्रा भनेर निश्पक्ष रुपमा सञ्चार प्रकाशन तथा प्रशारण गर्न पर्ने बताउँनु भयो ।
उँहाले आफ्नो पालीकामा  सञ्चालन भएको रेडीयो सँग सहकार्य गरेर अगाडी बढ्ने र अभिभाबकीय भुमिका निबार्ह गर्न  आफु तैयार रहेको बताउँनु हुँदै बारबिसेका पहिचानका लागी रेडीयोले पनी आफ्नो भुमिका निर्बाह गर्न पर्ने बताउँनु भयो । समुद्ध बारबिसे निर्माणका लागी सबै राजनीती दल तथा सबै समुहको सहयोगको  आबश्यकता  भएको र सोही अनुसार आफुले पनी सहजीकरण गर्दै समानताका आधारमा काम गर्दै आएको बताउँनु भयो ।  कार्यक्रमका बिशेष अतिथी नगर उप प्रमुख शुशिला पाख्रीनले  स्थानीय बिकाशका कार्यक्रममा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका हुने भएकाले त्यो भुमिका निर्बाह गर्न रेडीयोलाइ आग्रह गर्दै  आफुहरु  बाट गर्न  पर्ने सहयोगमा कुनै पनी कमी कम्जोरी हुन नदीने बताउँनु भयो ।उँहाले बारबिसेको पहिचना बोकेको रेडीयोलाइ सबैले सहयोग गर्न पर्ने बताउँनु भयो ।
अर्का बिशेष अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमील्सीना ले सञ्चार क्षेत्र  बिकाशका लागी बारबिसे नगर पालीकाले देखाएको चासो प्रती बिशेष धन्यबाद दिदै स्थानीय बिकाशका कार्यक्रममा सहकार्य गरेर अगाडी बढ्न पर्ने बताउँनु भयो । त्यसै गरि वडा नं १ का  वडाअध्य कामी शेर्पाले वडा तथा स्थानीय स्तरका हरेक  बिकाशका लागी संञ्चार क्षेत्रको बिशेष महत्व रहने भएकाले  सञ्चार क्षेत्रको बिकाशका लागी पनी आफुहरु सहयोग गर्न तैयार रहेको बताउँनु भयो ।
त्यसै गरि वडा नं २का अध्यक्ष बम बहादुर तामाङ्गले  समग्र देश बिकाशका लागी हामी सम्पुर्ण  जनप्रतिनिधीहरु  ले गरेका राम्रा र नराम्रा  कार्यको  सही ढङ्गले समचार सम्प्रेषण गर्न सके मात्र बिकाशका कामहरु देखीने भएकाले सञ्चार क्षेत्रको बिकाशमा बिशेष सहयोग गर्न पर्ने बताउँनु भयो । त्यसै गरि वडा नं८का वडाअध्यक्ष सुरज लामाले आफ्नो वडामा रेडीयोको टावर राखेर वडाको पहिचान दिन का लागी पनी सहज गरेकोमा बिशेष धन्यबाद दिदेै  आगामी दिनमा  सहयोगका लागी आफु तैयार रहेको बताउँनु भयो । कार्यक्रममा वडा नंका वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले   बारबिसेमा रेडीयोका आबश्यकता परेको र रेडीयोको स्थाइत्वका लागी आफुले वडागत रुपमा बिशेष सहयोग गर्ने  प्रतिबद्धता सन्देश  दिनु भएको थियो । लोकप्रिय नेत्रज्योती संञ्चार समुहका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले बारबिसेमा रेडियो संञ्चालन गर्न जोखिम भएको बताउँदै रेडियोका लागी सबैले सहयोग गर्न पर्ने बताउँनु भयो ।बारबिसे सहकारी संञ्जालका संयोजक उद्धब तिवारीले सबै सँग सहकार्य गरेर रेडीयो लाइ कार्यक्रम दिएर यसको स्थाइत्व दिन पर्ने बताउँनु भयो । कार्यक्रममा अरनिको क्याम्पसका प्रमुख यमबहादुर बस्नेतले सबै क्षेत्रको इतीहाँसलाइ समेत समेटेर संस्कार संस्कृतीको जगर्ना गर्न र स्थानीय बिकाशका लागी उजागर दिने खालका कार्यक्रम गरेर रेडीयोको बिकाशमा अगाडी बढ्न पर्ने बताउँनु भयो । 
कार्यक्रममा स्वागत मन्तब्य राख्दै  रेडीयो संञ्चालन समितीका हेमन्त श्रेष्ठले रेडीयो सञ्चालनमा आर्थीकको समस्या परेको बताउँनु भयो । लोकप्रिय नेत्रज्योती संञ्चार समुहका कार्य समिती सदस्य तथा रेडीयो कर्मी कर्म लामाले संञ्चालन गर्नु  भएको  कार्यक्रममा समापन गर्देै लोकप्रिय नेत्रज्योती संञ्चार समुहका  अध्यक्ष सन्तोषी बस्नेतले सबैका साझा रेडीयो लाइ अझ ब्यबस्थीत र मर्यादित ढङ्गबाट संञ्चालन गरिने बताउँनु भयो । कार्यक्रममा प्रमुख प्रशाशकिय  फणेन्द्र प्रसाद पौडेल  लगाएत नगरपालीकाका कर्मचारी रेडीयोका श्रोता नगरबासीहरुको ब्यापक उपस्थिती रहेको थियो ।

, , , , , , , , , , , ,