सीप विकास नै सम्पतिः कल्पना शर्मा


लोकप्रिय समचार  जल्केनीमा ब्युटीपार्लर तालीम शूरु भएको छ ।

प्रदेश सरकार उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय ,उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालय, घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखा सिन्धुपाल्चोकको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुपाल्चोकको व्यवस्थापन र सहजिकरणमा उक्त तालिमको आयोजना गरिएको हो  । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० जल्किने मा ८ जना युवतिहरुको सहभागितामा तालिम सुरु गरिएको हो ।  तालिमको औपचारिक उद्घाटन कार्यक्रम वडा अध्यक्ष बेल बहादुर महत को अध्यक्षता र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकको कार्यालय प्रमुख कल्पना शर्मा प्रमुख आतिथ्यता मा भएको   हो ।
, जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको कार्यक्रम संयोजक श्री विक्रम सुन्दास र सामाजिक अभियानता एवम नगर शिक्षा समितिका सदस्य  सीता थापाको बिषेश आतिथ्यमा उद्धघाटन कार्यक्रम सम्पन्न गरिएको हो  । कार्यक्रमको उद्धघाटन गर्दै घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखा सिन्धुपाल्चोकका प्रमुख प्रमुख अतिथि कल्पना शर्माले महिलाहरुको  सम्पति भनेको नै सीप हो सीपका कारण सम्पति आर्जन गर्न सकिन्छ ,सम्पति भएको महिलाहरु घरायसी र सामाजिक हिंसाको सिकार हुनु नपर्ने बताउर्दै कार्यक्रम उद्घाटनमा यस आ.व.२०७५÷७६ मा गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमबाट सीप राम्रो सँग सिकेर आगमी आ.व.मा व्यवसाय दर्ता गरि पार्लर संचालन गर्ने व्यक्तिहरुलाई घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकले ८० प्रतिशत छुटमा प्रविधि उपलब्ध गराउने बताउनु भयो । यो तालिम प्रभावकारी र नतिजामुलक बनाउन आपनो कार्यालय र व्यक्तिगत तर्फबाट निरन्तर सहयोग हुने बताउनु भयो । त्यसै गरी वडा अध्यक्ष बेल बहादुर महतले सीप र सीर्जनाका लागि वडा कार्यालयले यस आव देखि नै युवा महिला लक्षित कार्यक्रम तर्जुमा गर्ने कुरा बताउर्दैे तालिम अवसर संग संगै चुनौति पनि भएको जानकारी गराउनु भयो ।
तालिम प्राप्त गर्नु आफुहरु लक्षित बर्गमा छनौट हुनु आदि भन्दा पनि म आफुलाई रोगजारी दिन सक्ने बन्छु र  आत्मनिर्भर हुन्छु भन्ने चुनैतिका साथ सहभागि हुन आग्रह गर्नु भयो । तालिमको प्रभावले रोजगारी सिर्जना हुन नसके यस तालिमका सहभागिहरुलाई अन्य सेवाको लागि सिफारिस समेत गर्न  नसक्ने कुरा सहभागिहरुलाई जानकारी गराउर्दै वडा कार्यालयको तर्फबाट  कस्तो किसिमको सहयोग गर्नु पर्ने हो । मौखिक वा लिखित रुपमा माग पेश गर्न अनुरोध गर्नुभयो । कार्यक्रमबारेमा जानकारी दिदै तालिम उद्घाटनको क्रममा जिल्ला लघु उद्यमी संघ कार्यक्रम विक्रम सुन्दासले तालिम ४५ दिन सम्म संचालन गरिने ,राष्ट्रिय सीप परिक्षण केन्द्रले निर्धारण गरेको पाठ्यक्रम अनुसार १९० घण्टा संचालन गर्नेकुरा बताउर्दै यस तालिममा कुल खर्च ५५ हजार दुइ सय पच्चहत्तर रुपैया खर्च हुने बताउनु भयो। साथै  कार्यक्रम संगै लघु उद्यमीहरुको उत्पादनमुलक समय तालिमका खर्च भएको सो समयलाई अन्य काम गर्ने समय संग रकममान्तर गर्दा ठुलो लगानी हुने हुदा सिकाई लाई उपलब्धीमुलक बनाउदै सबैले व्युटिपार्लर संचालन गर्न पर्नेकुरामा जोड दिनुभयो ।  तालिमको लागि स्थानीय स्तरबाट माग पेश गर्ने र कार्यक्रम डिजाइन गर्ने तह संग नियमित समवन्यले व्यट्रिसियन तालिम जल्किनीमा आयोजना भएको कुरा उद्घोष गर्दै सामाजिक अभियानता सीता थापाले महत्वका साथ सक्रिय सहभागि हुन सबै सहभागिहरुले अनुरोध  गर्नुभयो । आर्यआर्जनका कार्यले सामाजिक प्रतिष्ठा,मान सम्मान उपलब्ध हुने त्यसैको आधारमा नेतृत्वको विकास हुने कुरा उजागर गर्दै महिला सहभागिहरुलाइ उत्प्रेरण जगाउर्दै नगरपालिकाले आगमी दिनमा सडक,विजुली ,खानेपानी ,शिक्षा ,स्वाथ्यको कार्यक्रमलाई उच्च प्राथमिकता दिएर योजनाहरु संचालन गरेको छ । सो भन्दा बढि युवा रोजगारको कार्यक्रम प्रर्वदनको लागि आफु अवरत्र खट्ने र स्थानीय स्तरमा उपलब्ध श्रम,सीप र स्रोतको समुचित परिचालनको लागि आफु जस्तो सुकै मुल्य चुकाउन तयार भएको कुरालाई विशेष जोड दिनु भयो । तालिम आफनै माग अनुसार घरैमा सिक्न पाएको मा सहभागिहरु खुसी हुर्दै खाजा खान भनेर विनियोति रकम प्रति व्यक्ति प्रतिदिन रु एक सयका दर पनि तालिम सामाग्री खरिद गर्ने र घरै बाट रोटी ,मकै ,गहँु बनाएर खाजा खाने कुरा सहभागि निता भण्डारीले जानकारी गराउनु भयो । यो अभ्यास हामिले थालनी गरेका छौ अव सबै ठाउँमा तालिम संचालन गर्दा दुई सयको मासु चिउरा खाने सिकाइ व्यवहार परिवर्तन गर्दा सामाग्रीको अभाव हुने संकारको अत्य गर्न गराउन  यो हाम्रो सामुहिक प्रयास  कसैलाई नकारात्क भएता पनि थालनी शरण योग्य नै भएको कुरामा सहभागिहरु एक मत रहेका छन ।

, , , , , ,