सिन्धुपाल्चोकका एस्पी पुरस्कृत
लोकप्रिय समचार जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपनिरिक्षक श्री मुकुन्द मरासिनी ३ नं प्रदेश प्रहरी कार्यलय बाट पुरस्कृत हुनु भएको छ । उँहाले गर्नु भएको कामकार्यको मुल्याङ्कन गर्दै जेष्ठ १४गतको निर्णयअनुसार उँहालाइ कदर स्वरुप पुरस्कृत गरिएको हो । सिन्धु पाल्चोक जिल्लामा रहेर समग्र शान्ती सुरक्षाका बिषयमा महत्वपुर्ण भुमीका निर्बाह गरेको ,
मरासिनीले बिधीको शाशन जनता केन्द्रीत प्रशाशन कार्यन्वयनमा प्रभाबकारिताका साथ सम्पादन गरेका हुँदा मरासिनीलाइ प्रशशनीय कार्यको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरु समेतमा सकारात्माक प्रभाब पर्न गइ काम कर्तब्य प्रती अझ बढी हौसला बढ्ने बिश्वास ३ नं प्रदेश प्रहरी कार्यलयले लिएको छ । प्रहरी सङ्गठन यसरी पुरस्कृत गर्ने परिपाटीका कारण प्रहरीले शान्ती सुरक्षाका साथै प्रहरी सङ्गठन भित्र पनी अनुशासित र मर्यादीत कार्य गर्न अझ बढी उर्जा थपेको छ ।