ख बर्गको एम्बुलेन्स सिन्धुपाल्चोकमा हस्तानन्तरण


 नेत्र बहादुर बस्नेत ,सिन्धुपाल्चोक
सामाजीक बिकाश मन्त्री  युबराज दुलालले साबीक ३ निर्बाचन क्षेत्रमा एक एक वटा  ख बर्गको एम्बुलेन्स हस्तानन्तरण  गर्नु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाका ३ वटा स्थानीय तहमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रहरुलाइ मंङ्गलबार एक समारोहका बिच  सुविधासम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स हस्तानन्तरण गर्नु भएको हो ।  नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक को आयोजनामा  चौतारा अस्पतालमा भएको  एम्बुलेन्स हस्तानन्तरण  समारोहमा बोल्दै दुलालले  सरकारले कोही पनी नागरिक कुनै पनी रोगको उपचारबाट बञ्चीत  हुन नपरोस  भन्दै स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको बताउँनु भयो ।
उँहाले चौतारा  अस्पतालमा  मुख्य मन्त्री सँग जनता स्वास्थ्य कार्यक्रम  सञ्चालन भएको र यो अत्यन्त प्रभाबकारी भएको बताउँनु हँदै मुख्यमन्त्री जनता सँग स्वास्थ्य परीक्षण अभियानलाई समेत यो ‘ख’ वर्गको एम्बुलेन्स बाट  सहयोग पुग्ने बताउँनु भयो  ।
उँहाले सुबिधा माग्ने मात्र होइन सुबिधाको उचित प्रयोग पनी गर्न पर्ने बताउँनु भयो । सुबिधा सम्पन्न एम्बुलेन्स  क्यानेडीएन रेडक्रसले सहयोग गरेको हो ।
क्यानेडीएन रेडक्रसको सहयोगमा जिल्ला रेडक्रस सोसाइटीले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, बाह्रविसेनगरपालीकामा एउटा  प्राथमिक स्वास्थ्य केन्द्र जल्बीरेमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची मा एउटा  स्वास्थ्य केन्द्रहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । उक्त एम्बुलेन्स रेडक्रस सोसाइटी उपशाखा स्वास्थ्य केन्द्र , सम्बन्धीत पालीकाहरुको सम्मन्वयमा संञ्चालन हुने छन । बाह्र्बिसेका लागी नेपाल रेडक्रस सोसाइटीका उपशाखा सभापती तथा वडा नं ४का वडाअध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठ , बाह्र्बिसे प्रथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडा नं ७का वडाअध्यक्ष सानु तामाङ्ग  मेलम्चीकोलागी मेलम्ची रेडक्रस उपशाखाका सभापती इन्द्रमणी  दाहाल र मेलम्ची प्रथामीक स्वास्थ्य केन्दका अध्यक्ष तथा वडा नं ११का वडा अध्यक्ष  रुद्र प्रसाद दुलाल  र जल्बीरेको लागीरेडक्रस उपशाखाका सभापती राम लाल श्रेष्ठ र जल्बीरे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर आभा श्रेष्ठलाइ एमबुलेन्स सहित सबरी दर्ता किताब तथा एम्बुलेन्स संञ्चालन निर्देशिका  हस्तानन्तरण गरिएको हो ।
  स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति   समेत भएको एम्बुलेन्सलाइ ख बर्गमा राखीएको हुन्छ ।  सिन्धुपाल्चोकमा यो पहिलो पटक आएको सबै भन्दा सुबिधा सम्पन्न एम्बुलेन्स हो । एम्बुलेन्सको निर्देशिका  सबारी दर्ता किताबका साथै चाबी हस्तानन्तरणका लागी  मन्त्रीलाइ जिम्मा दिदै रेडक्रसका केन्द्रीय महा मन्त्री  देवरत्न धाख्वाले  देशभर नेपाल रेडक्रस सोसाइटील २१७ वटा एम्बुलेन्स सञ्चालन गरिरहेकोमा यो सुबीधा भएको  ‘ख’वर्गको एम्बुलेन्स ३ वटा मात्र हो यो पनी सिपाबाट पहिलो पटक शुरु भएको बताउँनु भयो ।
नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभोडेलले सभापतीको आशनबाट बोल्दै  नेपालको सिन्धुपाल्चोकमा पहिलो पटक  ख बर्गको एम्बुलेन्स संञ्चालन गर्ने मौका दिने एम्बुलेन्स दाता सामजीक बिकाश मन्त्री लगाएत सबैलाइ बिशेष धन्यबाद दिदै सिन्धु रेडक्रसलाइ थप सुबिधाका साथै चुनौती पनी थपिएको बताउँनु भयो ।
रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतीले संञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामागं प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङ्ग चौतारा साँगाचोकगढी नगरपालीकाका उप प्रमुख जानुका पराजुली जिल्ला स्वास्थ्यकार्यलयका प्रमुख डा पोमावती थापा चौतारा  अस्पतालका इश्वरी प्रसाद श्रेष्ठ उद्योग बाणीज्य संघ सिन्धुपाल्चोकका  श्याम कृष्ण श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
सो अबशरमा मन्त्री युबराज दुलाल र जिससका प्रमुख कृष्ण गोपाल तामाङ्गले रेडक्रसको आजिबन सदस्यता लिनु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा पोमावती थापाले   सुबीधा सम्पन्न क बर्गको एम्बुलेन्स  सेवा सिन्धुपाल्चोकमा धेरै पहिले आबश्यकता थियो  अहिले आएर  ख बर्गको एम्बुलेन्स आएको छ ।
यो अत्यन्त आबश्यक सेवा हो यसमा औषधी सहितको दक्ष स्वास्थ्य कमीृ समेत रहने भएकोले यो  अती प्रभाबकारी हुने बताउँनु भयो ।
यसको सही प्रयोग  गरेर दुर्गम क्षेत्रका नागरिकलाइ सुबिधा दिनका लागी अती उपयोगीका साथ सिन्धुपाल्चोकमा मात्र नभइ देश कै नमुनाका रुपमा प्रयोगहुने बताउँनु भयो । बाह्र्बिसे नगर पालीकाका प्रमुख निमफुञ्जे शेर्पा ले बाह्र्बिसे नगर पालीका को प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एम्बुलेन्स रहेता पनी यसले भोटेकोशी लिसख ुंपाखर त्रिपुरा सुन्दरी लगाएता का नागरिकहरुले पनी यसको सुबिधा प्रयोग गर्न पाउाने भएकाले क्षेत्रीय हिसाबले यो अत्यन्त नमुनाका रुपमा प्रयोग हुने बताउँनु भयो ।











, , , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.