जुगल र चौतारामा निशुल्क स्वास्थ्य शिबीर


 लोक प्रिय समचार ,
सिन्धु पाल्चोक जिल्लाको जुगल गाँउ पालीका  वडा नं ३ पागर्बु गुम्बामा  एक दिने निशुल्क शिबीर सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा  भएको एक दिने शिबीरमा मानसिक रोग , नाक कान घाँटी  महीलाको पाठेघरको समस्या लगाएतको रोगहरुको निशुल्क परिक्षण गर्नुका साथै  निशुल्क ल्याब पनी परिक्षण गरिएको थियो ।  स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर पोमावती थापाको नेतृत्वमा गएको चिकीत्सकको टोलीले  शिबीरमा सहभागीहरुको रोग परिक्षण तथा ल्याबको परिक्षण गरेको थियो । स्थानीयहरुको ब्यापक सहभागीतामा रोग परिक्षण भएको डा थापाले बताउँनु भयो ।   आफ्नो टोलमा आएर यसरी सेवा दिएकोमा स्थनीयले स्वास्थ्य कार्यलयलाइ धन्यबाद दिएको चिकत्सिक सिता कुँबरले जानकारी दिनु भयो ।  यसै गरी    चौतारा साँगाचोकगढी नगरपालीकाले पनी चौतारा अस्पतालमा  पनी निशुल्क शिबीर गरेको छ ।   नगर भित्रका कुनै पनी नागरिकलाइ कुनै पनी स्वास्थ्य उपचार बाट बञ्चीत हुन  नपरोस भन्दै २३ गते देखी २६ गते सम्म  चौतारा अस्पतालमा निशुल्क शल्य क्रिया समेतको ब्यबस्था भएको शिबीर स।ञ्चालन गर्न लागीएको हो । डाक्टर बिनोद दङ्गाल,को नेतृत्वमा  नेपालको बिभिन्न रोग बिशेषज्ञ डाक्टरहरु, बिदेशी डाक्टर हरु द्धारा समेत रोगपरिक्षण गरिएको छ । चौतारासाँगाचोक गढी नगरपालकिाको आयोजनामा भएको शिबीरमा  पहिलो दिन  शरिरमा आएका मासुका डल्ला , फोकाहरु , हर्नीया, पायल्स, पाठेघर ,ओठतालु फाटेका हरु  जस्ता कुनै पनी पुराना शल्यक्रिया गर्न पर्ने बिरामीहरुका लागी  बिशेष ब्यबस्था गरिएको चौतारासाँगाचोकगढी नगरपालीका स्वास्थ्य  शाखा प्रमुख शिब पुरीले जानकारी दिनु भयो । उँहाका अनुसार  पहिलो दिन सोमबार  दूइ शय भन्दा बढीले सुबिधा पाउको र ५जनाको सामान्य शल्य क्रिया समेत  गरिएको छ । उँहाले चौतारामा उपचार हुन नसक्ने बिरामीहरुलाइ सुबिधा ुसम्पन्न नेपालको अन्य  अस्पतालमा लगेर समेत उपचारको ब्यबस्था मिलाइने भएको छ ।
 


, ,