सुकुटेमा सरसफाइ अभियान
रामु गैरै ,
सिन्धु पाल्चोक जिल्ला स्थित चौतारा साँगाचोक गढी वडा नं १० मा पर्ने सुकुटे बजारमा सरसफाइ अभियान गरिएको छ ।
स्थानिय जनप्रतिनिधि वडा सदस्य रामचन्द्र खड्र्का को प्रमुख अतीथ्यतामा सरसफाइ अभियान भएको हो । अभियानमा स्थानिय क्लवको अध्यक्ष समेत रहनु भएका खड्काले सरसफाइ आफै नहुने यसलाइ हामी मानीसहरुले गर्न पर्ने भएकाले सबैले सरसफाइमा ध्यान दिन पर्ने बताउँनु भयो ।
फाइनन्सका शाखा प्रबन्धक देब कुमार प्याकुरेलले सरसफाइ अभियानलाइ सबै क्षेत्रको नागरिकहरुले निरन्तरता दिन पर्ने बताउादै आफु स्वस्थ्य रहन आफ्नै भुमिका महत्वपुर्ण हुने बताउँनु भयो कार्यक्रममा स्थानीय समाज सेवी उमेश केसी लगायत स्थानिय वासिन्दा हरुको सहभागीता रहेको थियो ।