सेवा प्रदायक र सेवाग्राही बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न



सिन्धुपाल्चोक । ०७६ जेठ ११ गते
लोकप्रिय समचार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ को आयोजनामा ०७६ जेठ १० गते लिसंखुपाखर गाउपालिकामा सेवा प्रदायक निकाय र सेवाग्राही बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि लिसंखुपाखर गाउपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तानले कर्मचारिको समस्याले जनताले भनेको जति सेवा दिन समस्या भएको बताउँनु भयो । उपाध्यक्ष मोक्तानले कर्मचारिको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्न संघ र प्रदेश सरकारलाई इन्सेक मार्फत सुझाव पठाउन चाहेको हुँदा यो समस्या तत्काल समधान गर्नका लागी पहल गरिदिन अनुरोध ष्गर्नु भयो ।
कार्यक्रमका बिशेष अतिथि सुनकोशी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष रामकुमार थापाले संघिय सरकार, प्रदेश सरकार र स्थनिय सरकारको  मानवअधिकार मैत्रि ब्यवहार नभएका कारण मानवअधिकार संरक्षणमा समस्या भएको बताउँनु भयो  । इन्सेको कार्यक्रमको प्रभावले थुम्पाखर स्थित श्री सेतीदेवी मा.वि.मा जंगफुट खाजा लैजान प्रतिबन्ध लगाएकोले बालवालिकाहरुमा बिरामी हुने समस्या कम भएको वडा अध्यक्ष थापाले बताउँनु भयो  ।   
कार्यक्रमका अर्का बिशेष अतिथि लिसंखुपाखर गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष बयानबाहादुर तामाङले टेण्डर प्रक्रियाले स्वास्थ्य चौकीमा केहि समयको लागी औषधीहरुको  समस्या हुने बताउँनु भयो  । इन्सेकले गठन गरेको मानवअधिकार निगरानी समुहले योजना र कार्यक्रम बनाएर वडामा पेश गरेमा रकम छुट्याउने वडा अध्यक्ष तामाङले प्रतिबद्धता ब्यक्त गर्नु भयो  ।
सेवाग्राही हरुको तर्फबाट स्थनिय पाल्साङ तामाङले डाडाँपाखर स्वास्थ्य चौकीमा औषधी नपाएको गुनासो गर्नुभयो ।  महिला स्वंसेवीका राधिकार दर्नालले अहिलेका सबै समस्याहरु सुधार गर्नुपर्ने बताउँनु भयो  ।
सेवाप्रदायक निकायहरुको तर्फबाट डाडाँपाखर स्वास्थ्य चौकीका प्रमुख लक्ष्मीकान्त बजगाई, थुम्पाखर स्वास्थ्य चौकीका प्रमुख अमृत देउजा लगायतले आफुहरु प्रभावकारी सेवा दिन तयार रहेको धारण राख्नु भएको थियो  ।
इन्सेक प्रदेश नं. ३ का कार्यक्रम प्रमुख गणेश भण्डारीले इन्सेकको कार्यक्रमको बारेमा प्रष्ट् पार्नु भएको थियो भने इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमल्सिनाले काभ्रेमा संचालित कार्यक्रमको अनुभव बताएउँनु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा लिसंखुपाखर गाउपालिका वडा नं. ७ ठूलोपाखर र सुनकाशी गाउपालिका वडा नं. ६ थुम्पाखरका जनप्रतिनिधिहरु, मानवअधिकार निगरानी समुहका पदाधिकारीहरु, महिला स्वंसेवीकाहरु, बालचेतनाका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु लगायतको सहभागिता रहेको इन्सेक जिल्ला प्रतिनीधी नातीबाबु धितालले बताउँनु भयो   ।


, , , , ,