बढैयातालमा अपाङता संम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 अनोज थारु,बाँसगढी बर्दिया,जेठ ६ गते
अपाङ्गता भएका ब्यक्तिहरुको कानुनी ब्यवस्था संम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा अपांग भएका व्यक्तिका लागि सबिधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, यातायात, भौतिक संरचना निर्माण लगायतका बारेमा सहभागीहरुलाई जानकारी दिईएको थियो । अपांग भएका व्यक्तिहरुका लागि सबिधान र कानुनमा उल्लेख गरिएका व्यवस्थाको कार्यान्वयको लागि जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा बढ्ैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले नगरपालीकाबाट अपांगता भएका व्यक्तिहरुलाई सेवा सुबिधाको पहुचमा ल्याउन अपांगता परिचय पत्र नविकरण र नयाँ परिचय पत्र बितरण कार्यक्रम सुरु गरिएको बताउनु भयो । उहाले परिचय पत्र बितरण र नविकरणको काम जारी भए पनि बिभित समस्याले गर्दा वडा वडामा घुम्ति शिविर सञ्चालन गर्न नसकिएको बताउनु भयो ।
कार्यक्रममा गत बर्षको तथ्याङक अनुसार बढैयाताल गाँउपालिकामा १ हजार ३ सय ५९ जना अपाङग रहेको बर्दिया अपाङ्गता पुन स्थापना केन्द्रका निर्देशक दल बहादुर सुनारले बताउनु भयो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण नेपाल अपाङ्गता मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीस प्रसाद अधिकारीले गर्नु भएको थियो । बर्दिया अपाङ्गता पुनःस्थापना केन्द्रका  अध्यक्ष  कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बढैयाताल गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष दिपाकुमारी गौतम, सबै वडाका वडा अध्यक्ष, महिला तथा बालबालिका शाखाका प्रमुख कल्पना गाहा लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अपाङ्गता भएका ब्यक्ति सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । ओपन सोसाइटी फाउण्डेसनको सहयोग, नेपाल अपाङता मानव अधिकार केन्द्रको आयोजना र बर्दिया अपाङ्गता पुनःस्थापना केन्द्रको समन्वयमा कार्यक्रम भएको थियो ।



, ,