इन्द्रावतीमा लघु उद्यम तालीम शुरु



लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्लाको इद्रवतिगाउँपालिकावडा नं. १० भोटसिपामा  सिलाइ तालीम सम्पन्न भएको छ ।

इन्द्रावती गाँउ गाउँपालिकाको  र जिल्लालघु उद्यमी संघको लगानीमा २ महिने परीष्कृत सिलाई तालिम संचालन शुरु गरिएको छ ।
लघु उद्यमविकास कार्यक्रमले  उद्यमसिलताविकास तालिम संचालन गरेर उद्यमीहरुले सिलाई व्यवसाय रोजे पछिभोटसिपामा १५ जनालाई बेशिक तालिम दिएको हो ।
तालीम प्राप्त गरेपछी घरैमा साधारणसिलाई कामगरि रहेकामहिलाहरुको क्षमताअभिवृद्धिको लागि र स्तर उन्नति हुने बिश्वासको लागि तालिमआयोजनागरिएको हो ।
उद्योग ,पर्यटन ,वनतथावातावरणमन्त्रालय , प्रदेश नं.३  घरेलु तथा सानाउद्योग विकास समिति सिन्धुपाल्चोकको उद्यमी स्तर उन्नतितर्फको कार्यक्रम अन्तरगत   तालिम संचालनको लागि मेशिनखरिदमाइन्द्रवतिगाउँपालिकाले  सहयोग गरेको छ । तालिमको औपचारिक उद्घाटन बिहीबार वडाअध्यक्ष जिवनकुमार थापामगरकोअध्यक्षतामा भएको हो। इन्द्रावतीगाउँपालिकाको उपाध्यक्ष मिरा अधिकारी लामाको प्रमुखअतिथ्यमा कार्यक्रम भएको थियो ।  जिल्लालघु उद्यमी संघ सिन्धुपाल्चोकको अध्यक्ष सानुमाया गुरुङको अतिथि ,महिलाविकाश योजनाअधिकृत राममणिकोइराला सहभागितामा मा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्दै उपाध्यक्ष लामाले   घर सम्पन्नताको लागि महिला सम्पन्नहुन पर्ने र महीला सम्पन्नता हुनका लागी  यस्ता प्रकारका तालीम लिएर काम गर्नु पर्ने बताउँनु भयो । उँहाले जुनघरमा महीला सम्पन्न हुन्छन त्यो घरको मुहार नै फरक देखीने बताउँदै महीला सम्पन्नता नभउको घरमा प्राय सुन्दरतामा कमी आएको हुन्छ भन्नु भयो । उँहाले एक घर एक उद्यमको लागिगाउँपालिकाले आगामीदिनमापनिनिरन्तर रुपमा  सहयोग गरीरहने प्रतिवद्धताजनाउनु हुँदै महीला मात्र नभएर सबैका लागी सिपमुलक ज्ञान दिएर पालीकालाइ आत्मनिर्भरता बनाउँने योजना रहेको बताउँनु भयो । उाहाले स्रोतमाआधारित उद्यमहरुको स्थापनाको लागिगाउँपालिकले योजनातर्जुमामापहिलो प्राथमिकतामा राख्ने कुरामाजोड दिनु भयो । गाउँघरमाआर्थिक कमजोर कै कारणशिक्षाबाटबन्चितबन्नु पर्ने महिलाहरु हिंसामा नपर्न लघु उद्यमले ठुलो भुमिका खेलेको कुरालाई विषेश जोडदिनु भयो । कार्यक्रममा वडाअध्यक्षजिवनकुमार थापामगरले  वडालाइ हरेक हिसाबले सिप सिकाएर सबै वडाबासीलाइ आत्मा निर्भरता बनाउँने योजना रहेको बताउँनु भयो । उँहाले स्थानीय श्रोत र साधनको समेत सदुपयोग हुने गरि सान तथा घरेलु उद्योग को कार्य क्रम लाइ अगाडी बढाइ रहेको बताउँनु भयो । यो कार्यक्रमले घर घरमा उद्यम स्थापनागरि गाउँपालिकाको नमुनावडानिर्माणको लागी  आफु जस्तो पनिमुल्य चुकाउन पनी तयार हुने बताउनु भयो ।वडामा संम्भावनाहुने लघु घरेलु उद्यम स्थापनाअवको  योजनाभएको र सो योजनामाबास्केट फण्डको रुपमाकामगर्न सवै सरोकार वालाहरुलाई आह्वान समेत गर्नु भएको छ ।
समुदायमा परम्परा देखि नै हुने धेरै प्रकारको विभेद उन्मुलनको लागिआर्थिक सम्पन्नताआजको अनिवार्य आवश्यकताभएको कारणदलित,जनजाति र विपन्न समुदायको महिलाहरुको १५ जनाको सहभातिामातालिमआयोजनागरिएको जिल्लाकार्यक्रम संयोजकविक्रम सुन्दासले जानकारी दिनु भयो । गाउँपालिका र जिल्लालघु उद्यमी संघको संयुक्तलगानी ५ लाख ३० हजार माकार्यक्रम सम्पन्नहुने जानकारी सुन्दासले गराउनु भयो अवको पाटो लघु उद्यमआर्थिक सम्पन्नको बाटो  भन्ने मुलनाराको साथगाउँपालिकाले जीविकोपार्जन सुधार कार्यक्रम संचालनआगमबिर्ष देखि सबै वडामा संचालनगरिने योजना रहेको छ । मानिसहरु घरमा एक जनाको मात्रकमाइमाबस्नु पर्ने समस्याउन्मुनको  गराउन स्रोत,साधन र श्रमको समुचित परिचालनगर्नु पर्ने समेत सुन्दाशले बताउँनु भयो ।



, , , , ,