भोटेकोशी गाउँपालीकामा एक दिने स्वास्थ्य शिबीर सम्पन्न


 लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालीकामा एक दिने स्वास्थ्य शिबीर

सम्पन्नभएको छ ।



 स्वास्थ कार्यलय सिन्धुपाल्चोकले भोटेकोशी गाँउपालीकामा निशुल्क एक दिने स्वास्थ्य  शिबीर गरेको  हो । भोटेकोशी गाँउपालीका वडा नं ५को चाकु बजारमा  शनीबार भएको शिबीरमा ४०३  जनाले सुबीधा लिएको हाम्रा  प्रतिनिधी बिना श्रेष्ठले जानकारी दिनु भएको छ ।
उाँहाका अनुसार भोटेकोशी गाँउ पालीकाका प्रमुख राजकुमार पौडेलले स्वास्थ्य कार्यलयका  प्रमुख  डा पोमावती थापा लगाएतका डाक्टर हरुलाइ   खादा द्धारा स्वागत  गर्नु भएको थियो ।
उँहाले आफनो गाँउपालीकाका कुनै पनी नागरिकहरु कुनै पनी स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस भनेर बिभिन्न कार्य क्रम गरिरहेको अबस्थामा स्वास्थ्य कार्यलयबाट यसरी शिबीरको ब्यबस्था गरेर  हरेक  रोगका बिरामीहरुलाइ उपचार गराउँने काम गरेकोले यसलाइ  अझ बढी प्रभाबकारीता दिएको बताउँनु भयो ।
उँहाले भोटेकोशी गाँउपालीकाका हरेक स्वास्थ्य कार्यलय तथा बिद्यालय एवम टोल टोलमा सरकारद्धारा बितरण गरिने निशुल्क औषधीको ब्यबस्था पालीकाले गरिरहेको बताउँनु भयो ।
स्वास्थ्य कार्यलयसिन्धुपाल्चोकका प्रमुख डा पोमावती थापाले स्वास्थ्य कार्यलयबाट हुने सबै खाले सुबिधा दिनु हाम्रो दाइत्व हो भने ती सुबिधा लिनु नागरिकको अधिकार भएकाले  स्वास्थ्य कर्मीहरुले आफ्नो  दाइत्व पुरा गर्न पर्ने   र नागरिकहरुले पनी  आफुले पाएको  अधिकारको सदुपयोग गर्न पर्ने बताउँनु भयो ।
उँहा सँगै बिभिन्न रोगका बिषेसज्ञहरुले  शिबीरमा आउँनु भएका नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण गरिएको थियो ।
स्वास्थ्य कार्यलयबाट शिबीर ब्यबस्थापन गरीएको थियो  शिबीरमा स्थानीय नागरिकहरुको  अत्यन्त  उत्साहजनक रहेको  स्वास्थ्यकार्यलयका पब्लीकहेल्थ नर्स  अधिकृत सिता कुँबरले बताउँनु भयो ।
शिबीरमा स्त्री रोग ,आँखा, दाँत लगाएतका बिरामीहरुले उपचार गराएका थिए ।

, , , , , , , ,