डडुवामा स्वास्थ्य भवन सिल्यान्यास

लोकप्रिय समचार डडुवामा स्वास्थ्य भवन सिल्यान्यास भएको छ ।

चौतारा साँगाचोकगढी नगर पालीका स्थित १४ नं वडा डडुवामा रहेको गैरिटार शहरि स्वास्थ्य केन्द्रको भवनसिल्यान्यास भएको हो ।
प्रदेश सरकारको रु १५लाख अनुदानमा ५ कोठे भवननिर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष दिपक श्रेष्ठ ले जानकारी दिनु भयो । चौतारा साँगाचोक गढि नगरपालिकाका प्रमुख अमानसिह तामाड्गले आइतबार एक समारोहका बिच उक्त भवन सिल्यान्यास गर्नु भएको हो ।
वडाअध्यक्ष शेरबहादुर श्रेष्ठको सभापतित्वमा भएको कमर्यक्रमको अबशरमा स्थानिय हरुलाई आय आर्जन मुलक कार्यक्रमअन्तरगत गलैचा बुन्ने तान हस्तानन्तरण गर्नु हुँदै प्रमुख अमानसिह तामाड्ग ले स्थानिय महिलाहरुको  आयश्रोतका लागि विशेष केन्द्रित रहेर यो आयआर्जन मुलक कार्क्रम अन्तरगत नगरपालिका बाट  गलैचा बुन्ने तान बितरण गरिएको बताउँनु भयो । उँहाले नगरपालीकामा माग भइ आएका खण्डमा यस्ता घरेलु काम गर्न मिल्ने सामाग्रीहरु नगरपालीकाले सहयोग गरीरहेको बताउँदै खाश गरी  नगरको कोहि पनिनागिरकलाइ रोजगार पाइन भन्ने बातवरण सिर्जना हुन निदन सीप र तालिमको उपलब्धि का लागि समाग्रिको कमजोरि हुन नदिन आगमि दिनमा पनि यस्ता आयआर्जनकालागि आबश्यक पर्ने सामाग्रिहरुको ब्यबस्था मिलाईदिने बताउँनु भयो ।
त्यसै गरि आइतबार वडा न १४का असिने स्थित तामाङ्ग बस्तीमा रहेका तामाङ्गहरुको संस्कार सस्कृती र रितीरिवाजको जगेर्ना गर्ने उद्धेश्यले तामाङ्गहरुको लागी आबश्यक पर्ने लामा बाजा समेत हस्तानन्तरण गर्नु भयो । बलबहादुर तामाङ्गको सभापतित्वमा भएको लामा बाजा हस्तानन्तरण कार्यक्रममा बोल्दै प्रमुख तामङ्गले धर्म र संस्कार भनेको बिधी र बिदान हो त्यसेले पुर्खादेखी मानीआएको धर्मलाइ सबेैले सरक्षण गर्नु पर्छ भन्नु हँदै अनुशासन सिकाउाने धर्मको डोरीलाइ कहील्यै पनी बिर्सन नहुने बताउँनु भयो ।

, ,