बारबिसे नगरबाट शारदामाबी छनौट


लोकप्रिय समचार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागी  शारदा माध्यमिक बिद्यालय बारबिसे छनोट भएको छ । नगर स्तरिय छनोटमा  शारदा माबी प्रथम भएर छनोटमा परेको हो । राष्टपती रनिङका लागी पालीका स्तरिय छनोट भए पछी क्षेत्रीय स्तर हुँदै जिल्ला स्तरिय छनौट भए पछी  प्रतिस्पर्धामा भाग लिन पाइने ब्यबस्था मिलाइएको छ ।

बाह्रबिसे नगरपालिकाको आयोजनामा सुरु भएको प्रथम बाह्रबिसे नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा मावि बाह्रबिसेले जितेको हो ।बाह्रबिसे नगरपालिका भित्र रहेका ११वटा माध्यमिक बिद्यालयहरुको प्रतिस्पर्धा रहेकोमा शारदा माध्यमिक बिद्यालयले पहिलो स्थान  हात पारेको  हो ।
आइतबार देखी शुरु भएर दुई दिनसम्म प्रतिस्पर्धा गराएर छनौट भएको शारदा माबीले अब क्षेत्रीय स्तरमा भाग लिन पाँउने भएको छ।।प्रतियोगितामा क्षमादेवी मावि दोस्रो र केतु बोर्डिङ स्कुल तृतीय भएका थियो । प्रतियोगितामा महिला, पुरुष भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्सलगायतका खेल समावेश गरिएको थियो ।पुरुष भलिबल प्रतियोगितामा बच्छलादेवी मावि प्रथम भएको थियो भने केतु बोर्डिङ दोस्रो र क्षमादेवी मावि तृतीय भएको छ  ।
यसै गरि, महिला भलिबल प्रतियोगितामा क्षमादेवी मावि प्रथम भएको  छ । आइतबार एकसमारोहका बिच पुर्ब कानुन मन्त्री माननीय शेर बहादुर तामाङ्गले खेलको उद्धघाटन गर्नु भएको थियो । उद्धघाटन गर्दै उँहाले मानीसलाइ  स्वास्थ्यको बिकाश गर्न खेल अनीबार्य भएको र खेलकुदको बिकाश गर्नु नै स्वास्थ्यको बिकाश गर्नु भएको बताउँनु भयो । बिशेष अतिथीका आशनबाट बोल्दै  बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जे शेर्पाले आफूहरुले भौतिक विकासलाई मात्रै नभएर शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि काम गरेको बताउँनु भयो ।प्रमुख प्रशासकीय अधिकृत फणेन्द्र प्रसाद पौडेलले बार बसिे नगरपालीकाले  खेल कुद क्षेत्रलाई प्राथमिकतामा राखेर  खेलाडीका लागि सुविधासम्पन्न कर्भड हल निर्माण गरेको बताउँदै राम्रो खेल खेलेर बारबिसे नगरपालीकाको शिर उच्च राख्नका लागी खेलाडीहरुलाइ   थप मद्धत पुगोस भनेर नगरपालीकाले बिषेश सहयोग गरिरहेको बताउँनु भयो । बारबिसेमा नव निर्मीत कवर्डहलमा भएको उद्धघाटन समारोहमा सहभागीहरुले बारबिसे नगरपालीकाले खेलकुदमा गरेको सहयोगको  प्रशंसा गरेका थिए ।

, , , , ,