तिम्बुर खेती गर्दै नेत्रज्योती


 लोकप्रिय समचार
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४मा  केन्द्रीय कार्यलय रहेको  नेत्रज्योती कृषी सहकारी संस्थाले  जिल्लामै नमुनाका रुपमा काम गर्न थालेको छ । २०६९सालमा डिभिजन सहकारी कार्यलय  धुलीखेलमा दर्ता भएको नेत्रज्योती कृषी सहकारी संस्थाले सस्ंथा स्थपनाकाल देखी नै  कृषी उत्पादनमा आफ्नो ध्यान केन्द्रीत गरिरहेको छ ।

सहकारीको स्थपना सँगै  गाँउमा   पहिलोपटक  खेत बारी जोत्न टेक्टर  खरिद गरेर खेती योग्य जमीनलाइ सदुपयोग गर्न प्रोत्साहन गरेको थियो  ।  गाँउमा जमीन खेर जाने  आआफ्ना बालबालीकालाइ बिस्कुट चाउचाउ  खुवाउँन पर्ने बध्यतालाइ  निर्मुल गर्नका लागी शिक्षा बिभाग सँग सम्मन्वय गरेर बिश्व खाद्य कार्यक्रमको सहयोगमा बिद्यालयका बिद्यार्थीहरुलाइ स्थानीय स्तरमा उत्पादन भएका  खाद्यन्न खुवाउँनका लागी पहल शुरु गरे सँगै गरे के काम सफल हुँदैन भनेर  साबीक ठुलो सिरुवारी गाँउ बिकाश समिती हाल चौतारा साँगाचोकगढी वडा नं १३ र १४का १०वटा बिद्यालयमा स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न प्रयोग गरेर बिद्यार्थीलाइ दिवा खाजा खुवाउने ब्यबस्था मिलाउादै हरेक बिद्यालयमा करेसाबारी अबधाराणा लागु गरेको थियो ।  बिद्यालयमा भएको उक्त  प्रयास पछी गाँउमा खेर गइरहेको हलुवाबेदको परिकार निर्माण गरेर अन्यत्र बितरण गर्नका लागी  परिक्षण कार्यक्रम सम्पन्न गरि सकेको छ ।र आगामी बर्ष देखी यो कार्यलाइ निरन्तरता दिइने संस्थाका फलफुल तथा तरकारी पशुपालन ब्यबस्थापन समितीका कृष्ण बहादुर ठकुरीले बताउँनु भयो । अहिले आएर सस्स्थाले ६०रोपनी जग्गामा तिम्बुर खेती गर्न लागेको छ ।शुरुमा करिब २०० रोपनी जग्गामा यसको खेती गरेर   आगामी बर्ष देखी  १४ नं वडामा बाँझोरहेको जमीन सबै सहकारीले जिम्मा लिएर नगदे बाली लगाउँने योजना रहेकामा  आर्थीक अभाबका कारण बन डिभीजन कार्यलय  सिन्धुपाल्चोकको बिशेष सहयोगमा  ६० रोपनी बाट शुरु गरिएको  संस्थाका अध्यक्ष नेत्र बहादुर बस्नेतले बताउँनु भयो । उँहाका अनुसार आगमी बर्ष देखी   १३ र १४ नं मा रहेको   बिभिन्न कारणले बाँझो रहेका खेती योग्य जग्गाहरुको बिबरण सङ्कलन गरेर नगदे बाली लगाउँने योजना रहेको छ ।   



, , ,
Lokpriyasamachar@. Powered by Blogger.