काँग्रेसद्धारा आपत्ती

लोकप्रियसमचार,
नेपाली काँग्रेसले कञ्चनपुरको घटना प्रती आपत्ती जनाएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा बिहीबार एक बिज्ञेप्ती जारी गरि आपत्ती जनाएको हो ।जारी बिज्ञेप्तीमा  भनिएको छ गत असार १० गते कञ्चपुर जिल्ला पुर्नवास नगरपालिका–१० स्थित डोकेबजारमा शान्तिपूर्ण रुपले विरोध गरिरहेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्तालाई नेकपा समर्थक कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको घटना प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर अपत्ति प्रकट गर्दछ ।

संविधानमा व्यवस्था भए अनुसार स्वतन्त्रतापूर्वक विचारहरु व्यक्त गर्न पाउनु र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु सबै नागरिको हक अधिकार हो । आम नागरिकको शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकारलाई कसैले पनि कुण्ठित गर्न पाउँदैन ।

शान्तिपूर्ण ढंगले विरोध प्रर्दशन गरीरहेको अवस्थामा सत्ता र सुरक्षा निकायको आडमा सत्तारुढ दलका समर्थकहरुले अमानवीय तरिकाले नेपाली कांग्रेसका कार्यकर्ता माथि संघातिक हमला गरी घाइते बनाउनु अत्यन्त निन्दनीय कार्य हो । यस कार्य प्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ । यस्ता अपराधिक घटनमा संलग्न सबै दोषीलाई तत्काल कानूनी कार्वाही गर्न सरकारसँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।

उक्त घाटनामा घाइते हुनु भएका नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं. २ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्द लगायतका सम्पूर्ण महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं  बिज्ञेप्तीमा जनाइएको छ ।


,