शिक्षाको काम भवन बनाउँने नगरको काम भर्ने ,बस्नेत


 लोकप्रिय समचार
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले शिक्षा इकाइले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने जिम्मा नगरले लिने बताउँनु भएको छ ।उँहाले दक्षिणकाली नगरपालिकाको  नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो  ।

  उँहाले शिक्षबाट कोही पनी नागरिक बञ्चीत हुन नपरोस भन्दै शिक्षा क्षेत्रमा पालीकाले बिभिन्न योजनाहरु गरिरहेको बताउँनु भयो । उँहाले गुणस्तरिय शिक्षा प्रदान गरेर नगरमा शिक्षको बिकाश  गर्न सबैलाइ आग्रह समेत गर्नु भयो । नगरका १९ वटा विद्यालय मध्ये कसैको पनि जग्गा नभएपछि नगरले स्थानीयको सहयोगमा व्यवस्थापन गरिदिएपछि १३ विद्यालयको पुनर्निमार्ण सम्पन्न भइसकेको समेत उक्त अबशरमा बस्नेतले बताउँनु भयो।

बस्नेतले जिल्ला शिक्षा बिकाश ‘इकाइले भवन बनाउँदै जावस् त्यसमा टन्न विद्यालय भर्ने काम नगरले गर्छ’–‘अब नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसिटिभि र विधुतीय हाजिरीको व्यवस्था नगरले गर्छ भन्न्ु भयो ।’ विद्यालयमा गुणस्तर सुनिश्चितताका लागि नयाँ योजना ल्याइने स्पष्ट पार्दै नगरप्रमुख बस्नेतले यस्तो सुविधा सम्पन्न विद्यालय छाडेर अन्त नजान स्थानीयवासीसँग आग्रहसमेत  बस्नेतले गर्नु भयो  । विद्यालयको गतिविधि अब नगरपालिकाबाट र अभिभावकले घरबाट नियाल्ने कामको तयारी भइरहेको भन्दै बस्नेतले इकाइले विद्यालयहरुमा शौचालय र खानेपानीको पनि व्यवस्था गरिदिने भएकोमा खुसी व्यक्त र्नु भयो  । यसवर्ष नगरले विद्यालय खाजाको कार्यक्रमसमेत बढाएको उँहाको भनाइ  रहेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का आयोजना निर्देशक इमनारायण श्रेष्ठले आफूहरुले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने साथै मर्मतसम्भार गर्ने काम नगर र स्थानीयले गर्नुपर्ने बताउँनु भयो  ।
यि भवनहरुको सदुपयोग गर्ने चुनौती स्थानीय र नगरको भएको स्पष्ट पार्दै श्रेष्ठले ‘यि भवनमा विद्यार्थी भराउनुस् नपुगे थप भवन बनाइदिन्छौं भन्नु भयो  ।’
भूकम्पले विद्यालयको भवन मात्रै नभइ अभिभावक, विद्यार्थी र शिक्षकको मन, खुसी र आत्मविश्वास पनि भत्काएको भन्दै आयोजना निर्देशक श्रेष्ठले पुनर्निर्माणले उनीहरुको मन, खुसी र आत्मविश्वासको पनि पुनर्निर्माण गराइदिएको स्पष्ट पार्नु भएको थियो  । भूकम्पले झण्डै ८ हजार विद्यालय भवनमा क्षति पु¥याएकाले एकैचोटी निर्माण कार्यगर्न गाह्रो हुने भएकाले इकाइले विभिन्न मोडलमा पुनर्निर्माणको काम अगाडि बढाइरहेको श्रेष्ठले जानकारी दिनु भएको छ । यसवर्षदेखि इकाइले भवनसँगै शौचालय र खानेपानी समेत निर्माण गरिदिन शुरु गरेको समेत  श्रेष्ठले बताउँनु भयो  ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)काठमाडौंका प्रमुख अर्जुन रायमाझीले इकाइले बनाइदिएको भवनमा विद्यार्थी संख्या बढाइ गुणस्तरीय शिक्षण सिकाइ गर्न आग्रह गर्नु भयो  । विद्यालय भवन निर्माण गर्दा आफुहरुले सिकाइसँगै सुरक्षालाई पनि ध्यान दिएको भन्दै रायमाझीले सबैलाई सामुदायिक विद्यालयमै बच्चा पढाउन आग्रह गर्नु भयो  ।
दक्षिणकाली नगरपालिका वडानम्बर ३ का कार्यवहाक वडाध्यक्ष लक्ष्मी भण्डारीले जिल्ला कार्यान्वयन इकाइलाई भवनसँगै अन्य भौतिक पुर्वाधारमा पनि सहयोग गर्न आग्रह गर्नु भयो  । गणेश आधारभूत विद्यालयका प्रअ हरिशचन्द्र श्रेष्ठले नयाँ भवन पाएपछि अबको ध्यान गुणस्तरीय सिकाइमा केन्द्रित गरिने बताउँनु भयो । उँहाले  यस सुविधा सम्पन्न विद्यालयलाई छाडेर अन्त नजानसमेत उहाँले अभिभावकहरुसँग आग्रह समेत गर्नु भयो  ।
काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर पौडेलका अनुसार ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको र आगामी माघ महिना सम्ममा थप ३० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न हुनेछन् ।
अब जिल्लामा  ६१ विद्यालयका भवन बनाउनुपर्ने देखिन्छ जसमा २९ वटा विद्यालय जग्गा नहुँदा निर्माण कार्य हुन सकेको छैन । ति विद्यालयहरुलाई मर्ज गर्ने कि के गर्ने भन्नेमा छलफल चलिरहेको र बाँकी ३१ वटा चाँही १८ महिना भित्र बनाइसक्ने इकाइका इञ्जिनियर पौडेलले जानकारी दिनु भएको छ  ।
शुक्रवार एकैदिन ४ विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको थियो । दक्षिणकाली गरपालिकाका ३ र गोकर्णेश्वर नगरपालिकाको १ विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
दक्षिणकाली नगरपालिका वडानम्बर– ३ को सेतीदेवि मावि, गणेश आधारभूत विद्यालय र वडानम्बर ४ को फर्पिङ मावि साथै गोकर्णेश्वर नगरपालिकाको चामुण्डा माविलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो ।




, , ,