शिक्षकसरुवामा अदालत द्धारा रोक


 लोकप्रिय समचार नेपालमा संघीयता लागु भइ सकेपछी स्थानीय सरकारले शिक्षा सम्बन्धी निर्माण गरेको नियम बिधीहरुका बारेमा पटक पटक बिबाद आइरहँदा पछिल्लो पटक भोटेकोशी गाँउपालीकाको शिक्षक सरुवा पनी रोकीएको छ ।

स्थानीय सरकारले कार्यबिधी निर्माण गरेर शिक्षकहरुको सरुवा तथा पदपुर्ती गरिरहेको छ भने त्यसका बिरुद्ध शिक्षकहरुले अदालतमार्फत उक्त निर्णय खारेजी गराइ यथावत स्थानमा नै काम गर्ने गरेका छन । पछिल्लो समय भोटेकोशी गाँउपालीकाका शिक्षकहरुको  पालिकाद्धारा गरेको सरुवा अदालतको अन्तरीम आदेश मार्फत बदर गरिदिएको छ । भोटेकोशी गाँउपालीकाका शिक्षक तेज बहादुर बस्नेत लगाएतले जिल्ला शिक्षा समन्वय इकाइ समेतलाइ बिपक्षी  बनाइ दर्ता गरिएको निबेदनमा जेष्ठ २७ गते माननीय न्यायधिस तेजबहादुर केसीको इजलास बाट जारी गरेको आन्तरिम आदेशबाट  सरुवा भएका शिक्षकलाई यथास्थानमा काम गर्न बाटो खुलेको छ ।  शिक्षकको तर्फबाट अधिबक्ता भिम प्रसाद पौडेल, प्रदिप कुमार पोख्रेल बिश्वराज जोशीले  बहस गर्नू भएको थियो । शिक्षकहरु तेजबहादुर बस्नेत, भक्त बहादुर लामा, मिङमार लामा, पार्बती श्रेष्ठ लगाएतले सामुहिक निबेदन दर्ता गर्नु भएको थियो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.