अबैध घरेलु मदिरा नष्ट
सन्तोष भण्डारी
लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अबैध रुपमा बिक्रीका लागि चौतारा बजार ल्याउँदै गरेको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा शनिबार उक्त बरामद गरेको ७० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयबाट गाउँमा कहि कतै झगडा नहोस अबैध कामहरु नहोस भन्नका लागी गस्ती बढाइरहेको र सोही प्रहरकिो गस्तीले मदिरा बोकेको देखेपछी मदीरा छोडेर मदिरा व्यपारी भागेका थिए ।
घरेलु मदिरा सेवनकै कारण झगडा तथा विभिन्न खालका विकृती हुने र मदिरा नियन्त्रण ग र्दा मात्र पनि केहि अपराध कमि हुने प्रहरीको भनाई रहेको छ । अबैध मदिरा विक्रि वितरण र ओसारपसार गर्नेलाई मदिरा ऐन २०३१ अनुसार ६ महिना कैद र रु एक लाख सम्म जरिवाना हुन सक्ने कानुनमा व्यवस्था रहेको छ ।