काँग्रेस संसदीय दल द्धारा विरोध

 
लोकप्रिय समचार
सदनमा प्रतिपक्षलाइ बोल्न नदीएकोमा काँग्रेसले आपत्ती जनाएको छ । नेपाल िकाँग्रेसले बिज्ञेप्ती जारी गरी यसरी आपत्ती जनाएको हो काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा जारी बिज्ञेप्तीमा  भनीएको छ ।मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले बोल्नका लागि समय माग गर्नु भएकोमा सम्माननीय सभामुखले संसदीय अभ्यासलाई उलंघन गर्दै प्रमुख प्रतिपक्ष दलको नेतालाई बोल्न समय उपलब्ध नगराएको प्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं  भनीएको छ ।


बिज्ञेप्तमिा बिचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको वेल घेर्नुपर्ने अवस्था सृजना भएको छ । सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य हो । यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । प्रधानमन्त्री देश बाहिर विदेश भ्रमणमा जाँदा संसदलाई सम्बोधन गरी कुन–कुन देशमा भ्रमण गर्ने, कोकोसँग के विषयका छलफल गर्ने र नेपाललाई त्यसबाट के प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी दिने प्रचलन  हुन्छ । प्रधानमन्त्री यूरोप भ्रमण जाँदा सदनलाई  र जनतालाई कुनै जानकारी नै दिनु भएन । प्रधानमन्त्रीको भ्रमणको पाँच दिन पछाडी मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्री यूरोप भ्रमणमा गएको जानकारी गराइयो । केही दिन अगाडी मात्र प्रधानमन्त्रीले जनप्रतिनिधिहरुको प्रश्नको उत्तर दिने क्रममा संसदमा गैरसंसदीय, अमर्यादित शब्दहरु प्रयोग गरेर संसदको मर्यादा घटाउने कार्य गर्नु भयो र सम्मानीय सभामुखले प्रधानमन्त्रीले बोल्दा प्रयोग गर्नु भएको अमर्यादित र गैर संसदीय शब्दहरु संसदको अभिलेखबाट हटाउने रुलिङ्ग गर्नु प¥यो । प्रतिपक्ष, जनप्रतिनिधि र जनताले उठाएका जनअधिकारका कुराहरुलाई कुण्ठित गर्न र संविधानका प्रावधानहरुलाई उलंघन गर्दै संविधान प्रतिकूल कानून बनाउने कृयाकलापमा सत्तापक्ष अगाडी बढिरेहेको छ । यस गैर संसदीय कृयाकलापको नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ । आम नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता रक्षा एवं संसद सदस्यहरुको अभिव्यक्ति अधिकार रक्षा गर्न तथा संसदीय सर्वोच्ता कायम गर्न नेपाली कांग्रेस दृढतापूर्वक आफ्ना धारणा राख्दछ । मंङ्गलबार प्रकाशीत बिज्ञेप्तीमा  उल्लेख रहेको छ ।

, , ,