सबै मिलेर स्थानीय विकास गर्न पर्ने ः सापकोटा


लोकप्रिय समाचार
पुर्वमन्त्री माननीय अग्नी प्रसाद सापकोटाले स्थानीय बिकाश निर्माणका कार्यक्रममा सबै मिलेर अगाडी बढ्न पर्ने बताउनु भएको छ । उहाँले बाह्रबिसे नगरपालीकाको पाँचौ नगर सभाको उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । राजनीतक प्रतिस्पर्धा हुनु अर्कै विषय हो । बिकाशका काम गर्नु अर्कै विषय भएकाले जुनसुकै दलमा आबद्ध भए पनी स्थानीय बिकाशका लागी सबै एक भएर अगाडी बढ्न पर्ने बताउानु भयो । नगर सभामा नीति तथा कार्यक्रममा नगर प्रमुख निमफुन्जो शेर्पाले टुङटुङ खोला, सुँगुरे तथा घुँडे क्षेत्रमा रक क्लाइम्बीङ र क्यानोनिङको सम्भाव्यता अध्ययन र आवश्यक पुर्वाधार निर्माण गरिने बताउनुभयो ।

बाह्रबिसे नगरपालिकाले शुक्रबार गरेको नगर सभाबाट शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई प्रथमिकता दिइएको नगरको बजेटले घरदैलामै स्वास्थ्य पहुँच कार्यक्रम अन्तर्गत नगरभित्रका प्रत्येक वडामा घुम्ती स्वास्थ्य शिविर संचालन गर्ने, एक घर एक घाराको योजनादेखि एक वडा एक खेलमैदानको पनि कार्यक्रम ल्याइएको छ । यूवा स्वरोजगारका लागि विदेशबाट फर्किएका युवाहरु र बेरोजगार युवाहरुको तथ्यांक संकलन गर्दै उनीहरुका लागि स्वरोजगारमुखी सीप र तालिम दिइने नीति तथा कार्यक्रममा राखिएको छ ।
माटो परीक्षण गरि उपयुक्त बालीको खेति गर्दै उत्पादन वृद्धिका कुरा नीति कार्यक्रममा समावेश छन् । व्यवसायिक क्षेत्रमा लाग्न चाहने युवाका लागि आवश्यक तालिम र यन्त्र उपकरणको व्यवस्था गर्ने समेत नीति लिइएको मेयर निमफुन्जो शेर्पाले बताउनुभयो । ५२ करोड ५० लाखको बजेटसहित बाह्रविसे नगरपालिकाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ नम्बर वडाको मेलमिलाप केन्द्र जिल्लामै उत्कृष्ट भएको छ । आज एक कार्यक्रमबिच उत्कृष्ट मेलमिलाप केन्द्र घोषणा गर्दै  जिल्ला अदालतका सेस्तेदार लेखनाथ पौडेल र सामुदायिक मेलमिलापकर्ता समाजका अध्यक्ष उद्धब अधिकारीले मेलमिलाप शाखाका सदस्य तेज बाहादुर खत्रीलाई नगद रु ७ हजार ५ सय सहित प्रमाण पत्र दिएर सम्मान गरेको छ । सिन्धुपाल्चोक जिल्लाको १२ स्थानिय तहमा सञ्चालित १०३ वटा मेलमिलाप केन्द्र मध्ये सुनकोशी गाँउपालिका ५ नम्बर वडाका मेलमिलाप केन्दले राम्रो काम गरेर प्रशासनिय बनेको छ ।

, ,