तोक्वबन्दो प्रतियोगीतामा हिराहरी पहिलो


लोकप्रिय समचार खुल्ला मैत्रीपुर्ण तेक्वान्दो प्रतियोगिताको सफलता हिराहारीले पाएको छ । सिन्धु दोश्रो खुल्ला मैत्रीपुर्ण तेक्वान्दो प्रतियोगिता२०७६ को उपाधी हिराहरि तेक्वान्दो डोजाङले पाएर सफलता प्राप्त गरेको हो  ।


शनीबार चौतारा साँगाचोकगढी नगरपालीका स्थित वडा नं ७मा एक दिने प्रतियोगिता सन्चालन गरिएको थियो । हिराहरि तेक्वान्दो डोजाङ चौतारा स्थापनाको तेस्रो बार्सिकोत्सब उपलक्ष्यमा यो प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा हिराहरि डोजाङ प्रमुख रमेश गुरुङले बताउनु भयो  । उँहाका अनुसार पन्ध्र स्वर्ण पदको लागि प्रतिस्पर्धा भएको प्रतियोगिता पाँच स्वर्ण, चार रजत र चार कास्य सहित हिराहरि तेक्वान्दो डोजाङ,चौतारा प्रथम , चार स्वर्ण , छ रजत र पाँच कास्य सहित तातोपानी तेक्वान्दो डोजाङ, तातोपानी दोस्रो र तीन स्वर्ण, दुई रजत र आठ कास्य सहित हिराहरि तेक्वान्दो डोजाङ, सानोसिरूवारी  तृतीय भएको थियो । श्री सिद्दी गणेश मा. वि.को प्राङ्गणमा सन्चालन भएको सो प्रतियोगितामा सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मुक्ति दुलालले गर्नु भएको थियोे ।
चौतारा सागाचोकगढी नगरपालिका वडा नं. ७ का अध्यक्ष श्री उमा प्रसाद दुलालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक श्री राजकुमार यादव , विद्यालय व्यवस्थापन समितिको सदस्य द्वय नीर वा. श्रेष्ठ र गणेश वा. श्रेष्ठ ,भदौरे सामाजिक संस्थाका अध्यक्ष श्री रबिन गौतम, मैत्री बचत ऋण सहकारी संस्थाका सचिव सुब्बा प्रसाद दुलाल, विद्यालयका शिक्षक, खेलकुदप्रेमी अभिभावक लगायत स्थानियको बाक्लो उपस्थिती रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि उमा प्रसाद दुलालले असल खेलाडी विनाको समाज राष्ट्र विकासको मार्गमा अगाडी बद्न असम्भव भएको हुँदा असल खेलाडी उत्पादन,संरक्षण, विस्तारमा र विकासमा कुनै कसर बाकि नराखि व्यक्तिगत तथा संस्थागतरूपले हरसम्भव सहयोग गर्ने भनी प्रतिबद्धता ब्यक्त भएको थियोे । प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाइ प्रमुख अतिथी द्वारा पदक तथा प्रमाणपत्र, टिम प्रथम, दोस्रो र तेस्रो हुने सफल डोजाङलाई ट्रफि, र प्रमाणपत्र समेत प्रदान गर्दै दुलालले चौतारा साँगाचोकगढी नगरपालीकाले हरेक खेलको लागी  सहयोग गरिरहेको र आगामी दिनमा पनी बिशेष सहयोग गरिरहने बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.