लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका ले मेलमिलापकर्ता र न्यायिक समिति लाई मिति २०७६ आषाढ ३ देखि ५ गते सम्म ३ दिवसिय पुर्नताजगी तालिम सम्पन्न गरेको छ । विवाद जिवन्त समाजमा रहेकै हुन्छ र विबाद उठान भएपछि मेलमिलापको माध्ययमबाट विवाद समाधान गरी समाजलाई दिगो शान्ति स्थापना गर्न यस किसिमको तालिम संचालन गरिएको हो तालिममा ४८ जनाको सहभागीता रहेको थियो । तालिममा हेलम्बु गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कोपिला पण्डितले गाउँपालिकाले गत वर्षदेखी नै मेलमिलापकर्ताका लागी विभिन्न किसिमका कार्यक्रम संचालन गरिरहेको भएपनि पुर्नताजगी तालिम पहिलो भएको बताउँनूभयो । उँहाले आगामी वर्षको कार्यक्रममा वडा स्तरमा टोल टोलमा न्यायिक समिति, मेलमिलापकर्ता र न्यायिक समिति बिच समन्वय बैठक र पुर्नताजगी तालिम संचालन गर्ने बताउँनुभयो ।
संस्थाले विगत वर्षदेखि मेलमिलाप अभियान संचालन गरी मेलमिलापकर्ता उत्पादन गर्ने साथै मेलमिलापकर्ता मार्फत विवाद समाधान गरी समाजमा दिगो समाधान गर्ने गरेको बताउँदै प्रत्येक वडामा रहेका मेलमिलापकर्ता संयोजकलाई मासिक रु २ हजार ५ शय का दरले भूक्तानि गरिने र विवाद समाधानमा समेत प्रति विवाद रु ७ शय ५० का दरले रकम दिई मेलमिलाप अभियानलाई अघि बढाइ रहेको बताउँनु भयो साथै जिल्लामा मेलमिलापको माध्ययमबाट १ हजार ९ शय देवानि किसिमका विवाद समाधान गरिएको समेत सो अबशरमा चौलागाइले बताउँनु भयो । तालिमका सहभागी निल बहादुर भण्डारी ले यस किसिमको तालिमले हाम्रो क्षमतामा वृद्दि भएकाले तालिम महत्वपूर्ण भएको बताँउदै समाजमा रहेका विवादलाई समाधान गरी टोल टोलमा न्यायमा पहँच पुर्याउन सहयोग गरेको बताउँनु भयो । आर्थिक तथा सामाजिक कारणले विवाद समाधान गर्न नसक्ने पक्षले न्याय प्राप्त गरेको अनुभूती रहेको समेत उँहाले बताउँनुभयो ।