सामुदायिक सारथीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न


लोकप्रिय समाचार
नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना सार्वजनिक सेवा प्रदायकहरुको आवधिक सुचना प्रवाह सम्बन्धी अन्र्तक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजना, ग्क्ब्क्ष्म् सहयोग र ाजष् घटण् को सहकार्यमा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, पत्रकार, मानव अधिकारकर्मी, वडा अध्यक्ष, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी भिमकान्त शर्माले नागारिकले सहजरुपमा पाउनु पर्ने सुचना र नागारिकलाई सुचना हकको प्रत्यभुत गराउनका लागि जिल्ला प्रशासन कार्यालयबाट तीन तीन महिनामा अनलाइन मार्फत सुचना दिने प्रतिबद्धता जनाउनु भएको छ ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगत सामुदायिक साराथीले सञ्चालन  गरेको जिल्ला भित्रका सार्वजानिक सेवा प्रदायकहरुको आबधिक सुचना प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले यही सोमबार जिल्लामा रहेका सरकारी कार्यालयहरुका सुचना अधिकारीको नाम समेत सार्वजानिक गर्ने जानकारी दिनुभयो । सार्बजानिक सेवा प्रदायकहरुको आबधिक सुचना प्रबाहबारे सामुदायिक साराथीका निर्देशक तारा भण्डारीले सुचना लिदाँको अनुभब र सुचना लिदाँ अपनाउनु पर्ने प्रक्रियाबारे खुल्ला रुपमा छलफल समेत गर्नुभएको थियो । त्यसै गरी ट्रान्सपरेन्सि ईन्टरनेशनलका जिल्ला अधिकृत उमेश विश्वकर्माले आवधिक सार्वजनिक सुचना प्रवाह सम्बन्धी कार्यपत्रमा भएका विषयहरु प्रस्तुत गर्नुभएको थियो ।

, ,