इन्द्रावती१०मा बाख्रा बितरण


लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीका वडा१०मा आयआर्जनकार्यक्रम अन्तरगत बाख्रा बितरण गरिएको छ। वडा नं १०का  अध्यक्ष जिबनकुमार थापामगरको नेतृत्वमा ईन्द्रावती गाउँपलिका १० नम्बर वडामा अति बिपन्न १४ परिवारलाई बाख्रा बितरण गरीएको हो । जिबिकोपार्जन अभिबृद्दि गर्ने   उदेश्य अनुसार अति बिपन्न  १८० परिवारलाइ जिबिकोपार्जन सहयोग अन्र्तगत खोर निर्माण तथा लाभान्बित बर्गको माग अनुसार अन्य सहयोग संचालन भइरहेको छ । 

   युरोपियन युनियन मानविय सहायता संघको आर्थिक सहयोगमा सिन्धु उत्थान केन्द्रले भुकम्प प्रभाबित जोखिम युक्त समुदायका लागि उत्थानशिल पुर्ननिर्माण तथा पुर्नस्थापना परियोजना” अन्र्तगत इन्द्रावती गाँउपालिकाका ५ देखि १० नम्बर गरी ६ वटा वडाहरु  ६० परिवारलाइ घर बनाउन सामाजिक, प्राबिधिक तथा सामाग्री सहयोग गरी पुर्ननिर्माणमा तिब्रता ल्याएको थियो  ।
संस्थामार्फत सामाग्री सहयोग प्राप्त ६० घरधुरि बाहेक अन्य पुर्ननिर्माणकै क्रममा रहेका तर आर्थिक अभाबको कारण बिचमै रोकिएका वा घर सम्पन्न गर्न नसकेका घरधुरिलाइ पुर्ननिर्माणमा सहयोग गर्ने उदेश्यले प्रत्येक वडाहरुमा पुर्ननिर्माण घुम्ति कोष संचालन समिति गठन गरी रु ५ लाख बराबरको एक ब्यक्तीलाई ५० हजारको र्निब्यजी ऋण सहयोग गरीरहेको फील्ड सुपरभाईजर सान्ती सापकोटाले जानकारी दिनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.