राप्रपा सि.पा बाट ३ निष्काशन


लोकप्रिय समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त सिन्धुपाल्चोकले ३ जनालाई पार्टीबाट निष्काष्शन गरेको छ  । जिल्ला कार्यसमिती सिन्धुपाल्चोकको बुधवार बसेको नियमित बैठकले उक्त निर्णय गरेको हो । साथै पार्टीलाई थप मजबुत एवं वडा सम्म संगठन विस्तार गर्नको लागि ४ जनालाई जिल्ला कार्यसमितिमा मनोनीत गरिएको छ ।

संयुक्त पार्टीको अध्यक्ष नरसिंह श्रेष्ठ गोपालको अध्यक्षतामा बसेको बैठकले राधा कुमारी गिरि, कृष्ण बहादुर गिरि, ज्ञानेन्द्र आचार्य र कुमार बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको छ । साथै पार्टीको हित बिपरित अरु पाटि मा प्रबेश गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी जिल्ला युवा संगठन संयोजक राज कुमार कुवर, जिल्ला सह–सचिब होम प्रसाद भट्टराई, जिल्ला सदस्य कर्ण बहादुर मगर, जिल्ला सदस्य सम्झना भट्टराईलाई निष्काशन गरिएको बैठक पछि संयुक्त पार्टीको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।

, , , ,