सिन्धुपाल्चोक प्रहरीकोआवास उद्धघाटन


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सुरक्षामा स्थानीय सरकारले गरेको सहयोगका कारणनै जिल्लालाइ शान्ति सु–ब्यबस्था कायम राख्न प्रहरी सफल रहेको प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राइले बताउनु भएको छ । उहाँले प्रहरी आवास भवनको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । महानिरिक्षक ठुले राइले सुरक्षित समाज र अपराध मुक्त समाज निर्माणको लागि नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले दिएको सुरक्षाको जिम्मेवारिलाइ आत्मसात गरेर नागरिकको सुरक्षामा खटिन सबै प्रहरीलाइ निर्देशन दिनुभयो ।








जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको प्रारङ्गणमा निर्मीत भवनको उद्धघाटन समारोहमा सिन्धुपाल्चोक जिल्लामा प्रशाशैनिक अनुभबी महीला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ उहाँलाइ सबैले सहयोग गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस टिकाराम आचार्यले प्रहरी प्रशासन मात्र होइन सबै नागरिकले कानुनी बिषयमा केही मात्र जानकार रहेको खण्डमा न्यायलयमा अझ छिटो र छरितो न्याय सेवा दिन सकिने बताउँनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोमादेबी चेम्जोङ्गले सिन्धुपाल्चोक जिल्लामा सबेै स्थानीय सरकार र सामाजिक संस्थाहरुले पनि सुरक्षका बारेमा चासो राखेर अगाडी बढेका कारण सिन्धुपाल्चोकमा प्रशासन परिचालनमा सहज भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपनिरिक्षक मुकुन्द मरासिनीले प्रहरी प्रशासन सँधै बिधिको शासनमा विश्वास गर्ने हुँदा बिधिका शासन गरिरहेको बताउनु भयो । जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले प्रहरीको नयाँ भवनको सुरक्षा र यसको सही परिचालन गर्न पर्ने बताउँदै भुकम्पका बेला होस या अघि पछी होस् सिन्धुपाल्चोक प्रहरीले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले भुकम्पले बिनाश मात्र होइन बिकास पनि ल्याइदिएको बताउँदै बिकासलाइ स्थाईत्व र पारदर्शीतामा लाग्न पर्ने बताउँनु भयो ।
भुकम्पपछि त्रिपाल र जस्ताको टहरोमा बस्दै आएको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ५० महिना पछि आवास भवन पाएको छ ।
७२ बैशाख १२ को विनाशकारी भुकम्पपछि त्रिपाल र जस्ताको टहरोमा बस्दै आएको प्रहरीले आज नयाँ आवास भवन पाएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण भएको ११ कोठे आवास भवन ३ करोड ६० लाख लागतमा निर्माण गरिएको नेपाल प्रहरी प्रदेश नं ३ का पुननिर्माण शाखाका प्राविधिक प्रहरी नायब उपरिक्षक अनिल राणाले जानकारी दिनु भयो ।
विनाशकारि भुकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकका अधिकांश इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको समेत निर्माण कार्यले तिव्रता पाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख मुकुन्द मरासनीले बताउनुभयो ।

जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी १६ वटा युनिट भएको र अहिलेसम्ममा १० वटा युनिटकोे नयाँ भवन बनिसकेकोे मरासनीले बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयले प्रहरीसायक निरीक्षक गणेश रानाभाट, प्रहरी हवल्दार अमृत कुमार श्रेष्ठ, प्रहरी जवानहरु महोन प्रसाद गुरगाई, लालबहादुर प्रजा र भबन निर्माण गर्ने सुनकोशी शान्तिदेबी जे.भी. का राजेन्द्र श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

, , , ,