उत्पादनमुलक कामगर्नेसहकारीलाइ प्रोत्साहन ः पराजुली


लोकप्रिय समचार उत्पादनमुलक काम गरेर आयआर्जन तर्फ काम गरिरहेको सहकारीलाइ स्थानीय सरकारले प्रोत्साहन दिदै आइरहेको चौतारा साँगाचोकगढी नगरपालीकाका उप प्रमुख जानुका पराजुलीले बताउँनु भएको छ ।

उँहाले आय आर्जन तर्फ कार्यक्रम गर्ने सहकारी सँग नगरपालीकाले साझेदारी कार्यक्रम गरिरहेको स्पस्ट पार्दै नगरमा रहेको केही सहकारीहरुले आफनो  बचत गरेको रकम हिना मिना गरेको कारण नगरमा निबेदन परेको र केही सहकारीको नाममा भएको यस्ता नकारात्मक सन्देशका कारण सहकारीताको माध्यम बाटकाम गर्नेहरुलाइ समस्या पर्न गएको स्मरण गराउँदै सहकारी सिदान्त, बिनीयम , नियमावली भित्र रहेर काम गर्न सबैलाइ आग्रह गर्नु भयो ।
उँहाले चौतारा साँगाचोकगढी नगरपालीका द्धारा आयोजित नगर भित्रका सहकारीहरुको क्षमता अभिबृद्धी सम्बन्धी दुइदिने तालीमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।कार्यक्रममा बोल्दै नगरपालीका प्रमुख प्रशासकीय अधिकृत तथा पालीका सहकारी रजिस्टर इन्द्र बस्यालले अब सहकारी दर्ता तथा सहकारी सम्बन्धी सेवा लिन केन्द्र धाइ राख्न नपर्ने सरकारले स्थानीय पालीकाहरुमा नै सहकारी दर्ता अनुगमन  तथा प्रोत्साहन र कार्बाही गर्ने अधिकार दिएकाले  स्थानीय पालीकाहरुबाट यो सुबीधा पाउँने बताउँनु हुँदै सहकारी ऐन अनुसार समयमा लेखा परिक्षण गराएर उत्पादनमुलक काममा अगाडी बढ्न  अनुरोध गर्नु भयो ।
उँहालेस्थानीय नागरिकको आयआर्जन तथा स्तर बृद्धीका साथसाथै   स्थानीय बिकाशका कार्यक्रमका लागी सहकारीहरुको महत्वपुर्ण भुमीका रहेकाले यो भुमिका निर्बाह गर्न अग्रसर रहन सहकारीहरुलाइ अनुरोध गर्नु भयो । उँहाले नगरपालीकामा ९६वटा सहकारी डिभिजन कार्यलयबाट हस्तानन्तरण भएको र २वटा नँया दर्ता भएको  जानकारी दिनु भयो ।
सहकारी संघका  नेत्र प्रसाद दङ्गालले सहकारीहरुलाइ कृषी उत्पादन तथा बिकाश निर्माणका कामहरुमा लगाउान नगर पालकिाले बिषेश सहयोग गर्न पर्ने बताउँनु भयो ।
 चौतारा साँगाचोक गढी नगरपालीका वडा नं ५का वडाअध्यक्ष एबम नगरपालीका आर्थीक बिकास समितीका   प्रमुख नरमान श्रेष्ठले  उद्धघाटन समारोहको समापन गर्दै   गाँउ गाँउमा छरिएर रहेका सहकारी हरुलाइ एकिकृत गर्देै  नगरपालीका स्तरिय संञ्जाल गठन गरेर सोही सञ्जाल मार्फत काम गर्न सके अझ ब्यबस्थीत तरिकाले सहकारीको माध्यमबाट स्थानीय स्तरको बिकाश हुने बताउँनु भयो ।
उँहाले समयमा सहकारीको अनुगमन गर्न नसकेको, र अब  सहकारीहरुको कामकार्यका बिषयमा अनुगमन गरिने बताउँनु भयो ।
चौताराको जुगल होटलमा भएको कार्यक्रमको सञ्चालन भने सहकारी शाखा प्रमुख दुर्गा ढुङ्गेलले गर्नु भएको थियो २ दिन सम्म चल्ने तालीममा प्रमुख प्रशसाकियअधिकृत इन्द्र प्रसाद बस्याल, सहकारी शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेल बिदुर कुमार धिमाल, लोक बहादुर बिक,रोषन घिमीरेले सहकारी ब्यबस्थापन तथा संञ्चालन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
नगरपालीका भित्र रहेका ९८ सहकारी मध्य ७० वटा सहकारीका पदाधिकारी तथा ब्यबस्थापक हरुले प्रशिक्षण लिइरहेका छन ।

, , , , , , , ,