बिधेयक बिरुद्ध काँग्रेस


लोकप्रियसमचार सरकारले ल्याउँन लागेको   गुठी र मिडीया बिधेयक लगाएत हरेक पटक असम्बैधानीक काम गरेर देशलाइ युद्धमा धकेलेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाले बताउँनु भएको छ । उँहाले  जताततै महङ्गी बढेको जनताको खेत ीगर्ने समयमा बिसानलाइ मलको हाहाकार गराएको गरिब जनताका लागी भन्दा पनी आफना मात्र स्वार्थमा काम गरेको भन्दै नेपालको संरषण र गरिब किसानको पक्षमा काँग्रेसले आबज उटाइरहेको बताउँनु भयो ।


उँहाले राष्ट्र बचाउँनका लागी भ्रष्ट हटाँउन पर्ने भन्दै बर्तमान सरकारले जताततै  अशान्ती मच्चाएको शान्तपुर्ण तरिकाले आफ्नो माग राख्ने नागरिकहरु माथी दमन गरेको ,  दुइ तिहाहीको नाममा  तानाशाह लाद्रन खोजेको हुादा काँग्रेसले राष्ट्र्को अस्तीत्व जोगाइ राख्न आन्दोल गर्नु परेको बताउँनु भयो  ।  काभ्रेको बनेपामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । यसै बिच सरकारद्वारा प्रस्तुत गुठी सम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको नेपाली काँग्रसको ठहर रहेको छ ।काँग्रेसका प्रमुख सचेतक  बालकृष्ण खाँडका अनुसार   काँग्रेसले सरोकारवाला हरु सँग छलफल गरेको थियो । छलफलले  विधेयक नेपालको संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल छ भन्ने बैठकको ठहर गरेको छ । तसर्थ सरकारले प्रस्तुत गरेको गुठी सम्बन्धि विधेयकलाई तुरुन्त फिर्ता लिन नेपाली कांग्रेस संसदीय दल जोडदार माग गरेकोछ । गुठी विधेयक फिर्ता गराउन गुठीयारहरु र यस सँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई नेपाली कांग्रेस संसदीय दल दृढ समर्थन गर्दै  संसदमा अझ शसक्त दवाव श्रृजना गर्ने दृढता समेत बैठकले गरेको छ ।  नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिहंदरबारमा गुठी सँग सम्बन्धित विज्ञहरु,  गुठियार प्रतिनिधि तथा सरोकारवालाहरु सँग बैठक बसी गुठी सँग सम्बन्धित विषयमा छलफल गरेको हो  ।

, ,