नेपालबन्द को प्रभाब


लोकप्रिय समचार प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव सिन्धुपाल्चोक धादिङ्ग रसुवा, नुवाकोट, मकवानपुर,काठमाडौ लगायत देशभरी प्रभाव परेको छ । अहिले त्रिभुवनराजपथ अन्तर्गत नौबिसे नागढुरगा सडक खण्ड र पृथ्बीराजमार्गमा पनि सामान्य रुपमा सवारी सञ्चालनमा रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दले सिन्धुपाल्चोक जिल्लाबाट काठमाण्डौ जाने बसहरु छुटेका छैनन । बन्दले उपत्यका लगायत देशका बिभिन्न भागमा  केही असर गरेको छ ।

काठमाण्डौउपत्यकाका विभिन्न रुटमा चल्ने सवारी बिगतको भन्दा कम   चलेका छन्। लामो दुरीका सवारी साधन  भने यो समाचार तैयार गर्दा समेत चलेका छैनन । पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ।ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको  बताइएको छ । यसको आधीकाक्ता भने भएको छैन। त्यसै गरी  पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको  टोलीले डिस्पोज गरेको समचार प्राप्त भएको छ । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डीतको घरमा बम भेटिएको समचार प्राप्त भएको छ । राती राखीएको बम   बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको  बताइएको छ । त्यसै गरी  किर्तिपुरको नयाँ बजार गेट नजिक राखिएको संकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ . गेटमा बम जस्तै शंस्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए .जानकारी पाउना साथ नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थल पुगेको थियो ।. सर्लाही  जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो


, , ,