रसायनिक मल नपाउँदा किसान मर्कामा


        लोकप्रियसमचार           देशै भरका किसानहरु बालि लगाउने समयमा रसायनिक मल नपाएर समस्या झेलि रहेका छन् । बालि लगाउने समयमा रसायनिक मल उपलब्ध नभएकाले बालिबाट उचित उत्पादन नहुने र श्रम मात्रै खर्च हुने भन्दै किसान चिन्तामा परेका छन् । भने खेतबारीको मकैमा रसायनिक मल हाल्न नपाएको भन्दै धादिङका कृषक आन्दोलित भएका छन् । सहुलियतको मल लिन जिल्ला सदरमुकाम पुगेका कृषकहरुले मल नपाएपछि रित्तो बोरा लिएर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका  छन् । धादिङ निलकण्ठ नगरपालिका कृषि सहकारीले अनुदानमा मल वितरण गर्ने जानकारी पाए पछि हिजो बिहान ३ बजेदेखि करिब ६ सय कृषकहरु सहकारीमा लाइन लागेका थिए । सहकारीमा जम्मा १८० बोरा मात्रै मल भएपछि वितरण गर्न नसकिने जानकारी सहकारीले गराएको स्थानीय कृषक भक्तबहादुर श्रेष्ठले बताउनु भयो । सो जानकारी पछि रसायनिक मलको मागगर्दै किसानले विरोध स्वरुप रित्तो बोरा देखाउँदै प्रशासन कार्यालयमा घेराउ गरेका हुन् ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.