बाह्रबिसे नगरपालिकाशिक्षामा नमुना बन्दै

लोकप्रिय समचार बाह्रबिसे नगरपालिकालाई शिक्षाको नमुना नगर बनाउने गुरुयोजनाका साथ २२ र २३ गते भएको शैक्षिक सम्मेलन सम्पन्न भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्घिका लागि भावी योजना निमार्ण सम्बन्धी दुईदिने नगरस्तरीय शैक्षिक आयोजना गरिएको हो  । शैक्षिक सम्मेलनको प्रतिनिधिसभाका १ नम्बर क्षेत्रका सांसद तथा पूर्व मन्त्री अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनको औचित्वबारेमा प्रष्ट्याउदै नगरप्रमुख निमफुञ्जो शेर्पाले शिक्षालाई एकतावद्घता बनाउन तथा शैक्षिक गुणस्तर वृद्धि गर्न शैक्षिक सम्मेलनको आवश्यकता देखिएकोले उक्त सम्मेलन आयोजना गरिएको बताउनुभयो ।


बाह्रबिसे नगरपालिका भित्र विद्यालय संचालनको अवस्था हेरी आगामी दिनमा योजना बनाइने नगरप्रमुख शेर्पाले भन्नुभयो । शिक्षा क्षेत्रमा राजनीति हस्तक्षेप हुने परिपाटीलाई अन्त्य गर्दै शिक्षालाई सबैको साझा चौतारीको रुपमा विकास गर्न आवश्यक भएकोले  नगरको शिक्षा गुणस्तरीय बनाउने उद्देश्य सहित आयोजित दुईदिने शैक्षिक सम्मेलनले नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्न सार्थकता मिल्नेमा आशावादि रहेको बताउनुभयो । भनाईकै क्रममा नगर प्रमुख शेर्पाले तातोपानी नाका खोल्न तथा साँधीखोला बेलिब्रिज राख्न सांसद अग्निप्रसाद सापकोको प्रमुख भूमिका रहेको उल्लेख गर्दै सापकोटाको खुलेर प्रशंसा गर्नुभयो । सावकोटा पूर्व शिक्षामन्त्री समेत रहनु भएकोले बाह्रबिसे नगरपालिकालाई शैक्षिक हब बनाउने अभियानलाई सार्थक बनाउन संघीय सरकारबाट आवश्यक बजेटका लागि पहल गरिदिनुहुन आग्रह समेत गर्नुभयो । सम्मेलनको बारेमा प्रकाश पार्दै नगर उपप्रमुख शुशिला पाख्रिनले गुणस्तरीय शिक्षा सबै बालबालिकाको लागि अनिवार्य शर्त भएकोले नगरले सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न योजना निमाणार्थ उक्त सम्मेलनको आयोजना गरको बतानुभयो । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलल नगरका सबै विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न आगामी आर्थिक बर्ष देखि आवश्यक बजेट तर्जुमा गरिने जानकारी दिनुभयो । उक्त शैक्षिक सम्मेलनमा नगरशिक्षा समिति सदस्य सरल सहयात्री पौडेलले बाह्रबिसे नगरपालिका सामुदायिक विद्यालय विकास कार्ययोजना २०७६ को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै पौडेलले नगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकताको तथ्यगत पहिचान नभईसकेका कारण नगरपालिकामा कुन खालको जनशक्तिको उत्पादन गर्न आवश्यक छ भन्ने कुराको निक्र्योैल गर्न कठिनाई भएको बतानुभयो ।
राजनीतिक दलहरुले विद्यालय, शिक्षक र विद्यार्थीका बीचमा राजनीतिक संस्कार र चेतनाको विकास गर्नुको साटो राजनीतिलाई चुनावी प्रतिस्पर्धाको कर्मको रुपमा मात्रै अथ्र्याउने गरेका कारण समस्या उत्पन्न भएको जानकारी दिनुभयो । विद्यार्थीहरुको सर्वाङ्गीण विकासतर्फ लक्षित गुणात्मक शिक्षामार्फत समग्र नगरपालिकाकै सार्थक प्रगति र रुपान्तरणका लागि काम गर्न थाल्यो भने बाह्रबिसे नगरपालिकालाई शिक्षाको नमुना नगरका रुपमा विकास गर्न सम्भव रहेको बताउनु भयो । दुईदिने शैक्षिक सम्मेलनमा समुह विभाजन गरेर बृहत छलफलद्घारा ८ बुँदे नगर शैक्षिक घोषणा पत्र समेत जारी गरिएको थियो । उक्त सम्मेलनमा नगरभित्रका सबै विद्यालयका प्रअ, विव्यस अध्यक्ष, सबै वडाका जनप्रतिनिधी तथा शिक्षा सम्बन्धित सरोकारवाला समेतको सहभागिता रहेको थियो । पहिलो दिनको कार्यक्रममा सम्बन्धित विद्यालयका प्रध्यानाध्यापकहरुले विद्यालयको तत्कालिन समस्या र नगरले गर्नुपर्ने भावी योजनाका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो ।

, , , , , ,