वातावरणदिवशको दिन बलेफी मावृक्षारोपण


 लोकप्रिय समचार स्वच्छ वायु स्वस्थजीवन, वातावरण संरक्षणका लगि सबै जुटौं भन्ने मुलनाराका साथविश्ववातावरण दिवश २०१९ जिल्लामाविविधकार्यक्रमका साथ सम्पन्नभएको छ ।
जिल्लायुवा समितिसिन्धुपाल्चोकको संयोजनमा सामुदायिकवनउपभोक्तामहासंघ बलेफीगाउँपालिकामहासंघ, प्रकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल, डिभिजन वनकार्यालय सिन्धुपाल्चोकको संयुक्तआयोजनामा सञ्चालितउक्तकार्यक्रम बलेफीगाउँपालिका वडा नं. ३, फुल्पिङकोट स्थित आहाल डाँडा सामुदायिकवनमा वृक्षारोपण गरेर सम्पन्नगरिएको हो ।






उक्तकार्यक्रमजिल्ला समन्वय समितिकाउपप्रमुखवालकुमारी सापकोटाको प्रमुखआतिथ्यता र डिभिजन वनकार्यालय सिन्धुपाल्चोककाप्रमुख वनअधिकृत देवीचन्द्रपोखरेलको विशेष आतिथ्यतामा सम्पन्नभएको थियो । वृक्षारोपणका क्रममा कागति, आँप, अनार, लिची, एभोकार्डो, लप्सी, सल्लो आदिप्रजातिकाविरुवा रोपण गरिएको थियो  । कार्यक्रमको उद्घाटन कागतीको विरुवा रोपेर जिल्ला समन्वय समितिकीउपप्रमुखवालकुमारी सापकोटाले गर्नु भएको थियो  ।
वृक्षारोपण कार्यक्रम पछि आयोजित संक्षिप्तऔपचारिक वृक्षारोपण सभालाई सम्बोधनगर्दै प्रमुखअतिथिजिल्ला समन्वय समितिकीउपप्रमुख सापकोटालेवातावरण र मानवजीवन एक अर्काका परिपुरक भएकाले स्वस्थजीवनकालागिवातावरण संरक्षणमा जुट्नु सबैको दायित्वभएको बताउँनु भयो । कार्यक्रममाबोल्दै उँहाले  जलवायु परिवर्तनका असरलाई न्युनीकरण गर्दै वातावरणीय सन्तुलनलाई जोगाईराख्नकालागिवातावरण अनुकुलविकास योजनाहरु अघि बढाउँनुपर्ने बताउँनु भयो ।
वृक्षारोपण कार्यक्रमको महत्वकाबारेमाप्रकाशपार्दै जिल्लायुवा समितिकाअध्यक्षशशिनाथआचार्य ले प्रकृतिक स्रोतमाथिको विवाद सर्वोच्चअदालतसम्मपुग्दा समेत बिबाद हल हुननसकेको र स्थानीय समुदायको पहलमाआपसीमद्यस्थता र संवादमार्फत समाधान गरी उदाहरणीय कार्य गरेकाले उक्त क्षेत्रमा वृक्षारोपण गरिएको बताउँनु भयो  । वातावरण दिवशको सन्दर्भ पारेर राष्ट्रिय  युवा परिषद् र सो मातहतका देशैभरकाजिल्लायुवा समितिहरुले वृक्षारोपण गरेको आयोजक समेत रहेको जिल्लायुवा समितिकाअध्यक्ष आचार्यले बताउँनु भयो  ।
कार्यक्रममा डिभिजन वनकार्यालयकाप्रमुख वनअधिकृत देवीचन्द्र पोखरेलले मानवजीवन स्वच्छ बायुबाट मात्रै स्वस्थहुने हँदा स्वच्छ बाताबरणका लागी पनी  वृक्षरोपण  गर्ने मात्र होइन यसलाइ बढाएर संरक्षण पनी गर्न पर्ने बताउँनु भयो । उँहाले बाताबरण संरक्षणमा सबै सचेत रहनुपर्ने बताउँनु भयो  ।उँहाले  एउटा बच्चाहुर्काउँन जत्तिकै विरुवाहुर्काउँनगाह्रो हुने भएकाले वृक्षारोपण कुनै दिवशका सन्दर्भमामात्रैभन्दा पनी मौसम अनुसार सधैं गर्न र हरियालीबचाईराख्न सबैलाई आग्रह गर्नु भयो  । उहाँले वन क्षेत्रमाभौतिकपुर्वाधारकाकार्य गर्दा सल्लाह र सहमतिनगरी अघि बढ्नाले विवादनिम्तिने र त्यसबाट वातावरणमा गम्भीर प्रकारकाक्षतिभएको गुनासो समेत ब्यक्त गर्नु भयो  । कार्यक्रममा बलेफीगाउँपालिका वडा नं. २ का वडा अध्यक्ष छविलाल न्यौपानेले फुल्पिङकोट लाई जिल्लाको महत्वपुर्ण कार्यक्रमको स्थल छनोटगरी उपस्थितभएकोमाआयोजकलाई धन्यवाद दिदै  विरुवाहरुको संरक्षणमा स्थानीय सरकारको प्रतिनिधीको हिसाबले आफुहरु लागिपर्नेमा वचनबद्धता ब्यक्त गर्नु भयो  ।

कार्यक्रममा सामुदायिकवनउपभोक्तामहासंघका पुर्व केन्द्रीय सदस्य रामचन्द्र बस्नेतले सामुदायिकवनव्यवस्थापनमा समुदायको प्रमुखभूमिकाहुने र वनको प्रभावकारी व्यवस्थापनबाट मात्रै वातावरण संरक्षण हुने भएकाले वन र वातावरण एक अर्काका परिपुरक भएको उल्लेख गर्नु भयो  ।
उक्तकार्यक्रम बलेफीगाउँपालिका वडा नंंं ३ का वडा अध्यक्षवीरमानतामाङको अध्यक्षता र फेकोफोन बलेफीगाउँपालिकामहासंघका अध्यक्ष टिका सुवेदीको सञ्चालनमा सम्पन्नभएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, विभिन्न संघसंस्थाकाप्रतिनिधी, इलाकाप्रहरी कार्यालय जलबीरेका प्रहरी निरीक्षक गोपाल प्रसाद ढकाल सहितको टोली र सर्वसाधारणको बाक्लो उपस्थितिथियो । कार्यक्रमको सभापतीत्व गरिरहनु भएका वडा अध्यक्ष तामाङ्गले  बलेफी गाउँपालीकाले आफ्नो  नागरिकहरु लाइ बाताबरणीय संरक्षणमा लाग्न प्रोत्साहन दिइरहेको बताउादै आफुहरु स्व्स्थ्य रहे मात्र समाज स्वस्थ रहने भएकाले समाजलाइ स्वस्थ राख्नका लागी बातबरण सफा हुन पर्ने बताउँनु भयो ।

, , , , ,