विधेयक फिर्ता होइन खारेजी हुन पर्ने ।


लोकप्रिय समाचार

वर्तमान सरकारले ल्याएको मिडिया काउन्सिलको बिरोध भईरहेको अवस्थामा वर्तमान सरकारले संघिय संसदमा दर्ता गरेको गुठि विधेयक फिर्ता होईन खारेजी हुनुपर्छ भन्दै काठमाडौं उपत्यकामा चलिरहेको उपत्यका बाहिर पनि तिव्र रुपले आन्दोलन भईरहेको छ ।
विधेयक खारेज नगरेसम्म आन्दोलन गर्ने घोषणा सहित अगाडि बढेको नेपाली नागरिकहरुले सरकारले नेपालको अस्तित्व नै समाप्त हुने गरी ल्याएको विधेयकले संस्कार संस्कृति र पहिचानको समेत अस्तित्व गुम्ने बताएका छन् । यो विधेयक कुनै व्यक्ति विशेषको फाईदाको लागि ल्याइएको हुँदा वर्तमान सरकार व्यक्तिवादी हो या जनवादी हो छुट्टयाउन मुस्किल परेको सरोकारवालाहरुले बताएका छन् । सम्पदामाथिको आक्रमण माफिया भ्रष्टचार लगायत बेथितीका विरुद्ध आन्दोलन गरेका हौं, आन्दोलनमा सहभागिहरुले बताएका छन् । यसै सन्दर्भमा काठमाडौको माईतीघरमा भएको विशाल विरोध कार्यक्रमको साथै बाह्रबिसे पनि बुधवार विरोध प्रदशन गरिएको थियो । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे बजारमा गुठि विधेयक खारेजीको लागि स्थानिय बजारवासि लगायतले बाजागाजा, झाँक्री सहित बजारमा बिरोध ¥यालि गरि कोण सभा गरेका हुन् ।
उक्त कोण सभामा बाह्रबिसे नगरपालिका वडा नं ४ को अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले नेपालको पहिचान र सँस्कृतिक रक्षाको लागि गुठी विधेयक खारेज गर्नु पर्ने भन्नु हुँदैे संस्कृतिक, संस्कार र समुह संस्थागत रुपमा चलिरहेको धार्मिक क्षेत्रमाथि सरकाले अनावश्यक प्रहार गरेर जनआन्दोलनबाट प्राप्त अधिकारहरु फिर्ता गराउन खोजेको बताउँदै वर्तमान सरकार दुई तिहाईको धाक लगाउँदै नेपालको पहिचानलाई नै धरापमा पार्ने खाल्को निर्णय गर्न थालेकोले त्यसको रोकावटका साथै नागरिकको आवाजलाई बुलन्द गर्नको लागि यो आन्दोलनको आवश्यकता रहेको बताउँनु भयो । क्षेमादेवि गुठि  र बाह्रबिसे डेभलपमेन्ट यसोशियनmे आयोजना गरेको कार्यक्रममा आफ्नो धारण राख्दै अरनिको कलेज स्ववियु सभापति हेमन्त श्रेष्ठले सरकारले धार्मिक तथा सस्कृतिक बिनाश गरि नेपालको पहिचान बिदेशीको हातमा बेच्नलाइ ल्याईएको विधेयक कुनै हालतमा मान्य हुने छैन र खारेज नगरे नेपालमा ठुलो द्वन्द्व हुने र नेपालको राजनीतिमा आँधि आउने समेत बताउनु भयो । गुठी नेवार समुदायको मात्र नभई विभिन्न जातजातिको र धर्मको आ–आफ्नो परम्पराले गुठि चलाएर धार्मिक तथा सस्कृतिकको सरंक्षण गरिरहेको र नेपालको पहिचान गराएको बताउँदै सरकारले नेवारको मात्र गुठि हो र अरू जातजातिको होईन जस्तो गरेर धार्मिक र जातिय युद्व गराउन उद्वित गरेको हुँदा सबै एकजुट भएर यसको विरुद्ध लाग्नपर्ने बताउनुभयो । समुदायले अब नेपालको सनातन काल देखी आएको धर्म सस्कृतिक्को  सरक्षण गर्नु पर्ने र राष्ट्र सकंट  पारी देश बेच्न बाट बचाउन सबै एक जुट हुन समेत आह्वान गर्नुभयो । त्यसैले विधेयक खारेज नगरे आन्दोलन गाउँ–गाउँमा बस्ती बस्ती चर्कने र सरकार को दिन गन्ती  सुरु हुने समेत श्रेष्ठले बताउनुभयो । 





, , , ,